प्रहरी निरिक्षक शाहीका कारण प्रहरी जवानले दिए राजीनामा

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक विनु शाही गम्भीर विवादमा मुछिएकी छन् । प्रहरी कार्यालयको मुद्दा शाखा प्रमुख शाहीले प्रहरी जवान नविन नाथलाई चरम यातना दिएर जागिरबाट राजीनामा दिन बाध्य बनाएको आरोप लागेको हो ।

Advertisement 1

१५ महिना अघि नेपाल प्रहरीको राष्ट्रिय प्रशिक्षण प्रतिष्ठान महाराजगन्जबाट सरुवा भएर आएपछि उनी यस अघि पनि पटक पटक विवादमा परेकी छन् । केही महिना अघि उनलाई जिल्ला प्रहरी कार्यालयले विभागीय कारवाही स्वरुप सचेत गराएको थियो ।

बाजुराबाट राजीनामा दिएर महेन्द्रनगर घर फर्किएको बताएका नाथले राजीनामा स्वीकृत नभएपछि २२ पुसमा जिप्रका कञ्चनपुरमा बिदाको निवेदन स्वीकृत भए/नभएको बुझ्न जाँदा बिनाकारण प्रहरीले हिरासतमा राखेर कुटपिट गरेको आरोप लगाएका छन् । सोही कारण आफूले प्रहरी जवान पदबाट राजीनामा दिएको नाथको भनाइ छ । तर, प्रहरी निरीक्षक शाहीले भने नाथलाई कुटपिट गरेको भन्ने आरोप गलत भएको बताएकी छन् ।

Advertisement 2

२२ पुसमा जिल्ला प्रहरी कार्यालयमा आएर थुनुवालाई सुर्तीजन्य पदार्थ दिइरहेको बेला नाथलाई नियन्त्रणमा लिएर हिरासतमा राखिएको शाहीको भनाइ छ । तर, भोलिपल्ट सम्झाइबुझाइ गरेर छाडिएको बताउँदै शाहीले नाथसँग सोही दिन पहिलोपटक भेट भएको बताइन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगीले पनि नाथ थुनुवा कक्षमा पुगेर सुर्तीजन्य पदार्थ दिइरहेको अवस्थामा भेटिएपछि नियन्त्रणमा लिइएको बताए । उनले प्रहरी निरीक्षक शाहीले कुटपिट गरेको भन्ने कुरा अहिलेसम्म जानकारीमा नभएको बताउँदै उजुरी परेमा छानबिन गरिने बताएका छन् ।

Advertisement 3

शाही विरुद्ध प्रशासन कार्यालयमा उजुरी समेत परेको छ । प्रहरी जवान नाथले मंगलबार प्रहरी निरीक्षक शाहीले प्रहरी निरीक्षकको शाहीको यतानाका कारण आफूले जागिरबाट राजीनामा दिएको उल्लेख गर्दै उनले छानबिन गरी कारवाहीको लागि उजुरी दिएका छन् ।

प्रकाशित :२०८० माघ २४, बुधबार १०:०४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry