बिल भुक्तानी रोकेको भन्दै अध्यक्षद्धारा लेखापाललाई ज्यान मार्ने धम्की

फर्जी बिलको भुक्तानी नगरेको भन्दै जनप्रतिनिधिले एक कर्मचारीलाई सिद्धाइदिने धम्की दिएका छन् । प्रंसग हो दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ५ को । सो पालिकाका वडा अध्यक्षले आफ्नै कर्मचारीलाई धम्की दिएको भन्दै लेखापाल न्याय खोज्दै प्रमुख प्रशासकीय अधिकृत समक्ष निवेदन बोकेर पुगेको घटना बाहिरिएको छ ।

Advertisement 1

बडा अध्यक्षले कर्मचारीलाई ज्यान मार्ने धम्की दिएको ४ मिनेट ३४ सेकेन्ड लामो अडियोमा सामाजिक सञ्जालमा छरपष्ट भएको छ । अडियोमा वडाध्यक्ष डाँगाले लेखापाललाई ‘भोलिदेखि शैल्यशिखरको चेक नकाटिस है विजय जी चेक काट्यो भने मारि दिउला’ भनेको सुनिन्छ ।

प्रक्रिया नपुगेको बिल भुक्तानी नगरेको भन्दै जनप्रतिनिधिले कर्मचारीलाई ज्यान मार्ने धम्की दिएका छन् । वडा नम्बर ५ का वडाध्यक्ष जनकसिंह डागाले लेखाका कर्मचारीलाई ज्यान मार्ने धम्की दिएको भएको आवश्यक कारवाहीका लागि प्रमुख प्रशासकीय अधिकृत समक्ष निवेदन दिएकाछन् ।

Advertisement 2

नमस्कार निर्माण सेवा प्रालिले नगरपालिका अन्तर्गत वडा नम्बर ९ मा रहेको गोकुलेश्वर कृषि भवनको जग्गा सफाइ सम्पन्न भएको भन्दै भुक्तानीका लागि निवेदन दिएको थियो । सोही निवेदनमा तोक लगाएर प्रमुख प्रशासकीय अधिकृत पुस्करसिंह धामीले भुक्तानीका लागि लेखा शाखामा पठाएका थिए । त्यही भुक्तानी रोकिएको बिषयमा वडा अध्यक्ष डागाले नगरपालिकाका सहायक लेखापाल विजयसिंह विष्टलाई धम्क्याएको भन्दै लेखापालले प्रमुख प्रशासकीय अधिकृत पुष्करसिंह धामी समक्ष आवश्यक कारवाहीका लागि निवेदन दिएका छन् ।

तर वडाअध्यक्ष विष्टले भने आफूले धम्की नदिएको,भुक्तानी नरोक्न मात्र भनेको प्रतिक्रिया दिएका छन् ।

प्रकाशित :२०८० माघ २३, मंगलवार १७:३६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry