पश्चिम नवलपरासी क्षेत्रमा पर्ने सीमा स्तम्भहरूको रङ्गरोगन

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), २२ माघ : नेपाल भारत बीचको सीमा स्तम्भलाई मर्मत सम्भार एवम् रङ्गरोगन गर्दै सशस्त्र प्रहरी बल नेपाल नं. २६ गण हे.क्वा. पश्चिम नवलपरासी । तस्बिर : अनिल यादव/रासस

लुम्बिनी प्रदेशअन्तर्गत पश्चिम नवलपरासी क्षेत्रमा पर्ने सीमा स्तम्भहरूको मर्मत र रङ्गरोगन थालिएको छ । सोमबार एक कार्यक्रमकाबीच नेपालको सशस्त्र प्रहरी र भारतको सीमा सुरक्षा बल (एसएसबी)ले संयुक्तरुपमा स्तम्भ नम्बर ५ सय ७ बाट सीमा स्तम्भ मर्मतको काम सुरु गरेका हुन् ।

Advertisement 1

पश्चिम नवलपरासीमा नेपाल-भारत दशगजा क्षेत्रमा १६ वटा सीमा स्तम्भ रहेका छन् । जसमा १३ वटा मुख्य र ३ वटा सहायक स्तम्भ छन् । नेपालले बिजोर नम्बरको स्तम्भ मर्मत गर्ने छ भने भारतले जोर नम्बरको स्तम्भ मर्मत गर्नेछ ।

दुई देशीय सम्झौताअनुसार जोर अङ्कका सीमा स्तम्भ मर्मतको जिम्मा पाएको भारतले भने यसअघि नै काम गरिसकेको छ ।नेपाल र भारतका सुरक्षाकर्मीले संयुक्तरुपमा मर्मत र रंगरोगनको काम सुरु गरेको सशस्त्र प्रहरी बल नेपाल २६ नम्बर गण हेडक्वाटरका प्रमुख एसपी धीरेन्द्रराज न्यौपानेले बताए ।

Advertisement 2

जिल्लामा ४१ किलोमटिर क्षेत्र भारतीय सीमानासँग जोडीएको भएपनि २७ किलोमिटरमा मात्र सीमा स्तम्भ रहेको छ । लुम्बिनी प्रदेशको ४ सय ३५ किलोमिटर सीमा भारतसँग जोडिएको छ ।

प्रकाशित :२०८० माघ २२, सोमबार २०:१५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry