गृहमन्त्री लेखकले भने, ‘बदमासी गरेको थाहा पाएपछि कर्मचारी सरुवा गरेको हुँ’

काठमाडौं। गृहमन्त्री रमेश लेखकले कर्मचारीमा बदमासी देखेपछि आफूले कर्मचारीलाई सरुवा गरेको बताएका छन्। सोमबार बिहान कांग्रेस पदाधिकारीसँगको बैठकमा उनले विमानस्थल अध्यागमनमा बदमासी गरेको थाहा पाएपछि अध्यागमन कार्यालय प्रमुखको सरुवा गरिएको जानकारी गराएका हुन्।

Advertisement 1

अहिले सामाजिक सञ्जालमा भिजिट भिसामा दैनिक ५० लाख रुपैयाँसम्म उठाएर गृहमन्त्रीकै संलग्नतामा मानव तस्करी भइरहेको भन्दै मन्त्री लेखको चर्को आलोचना भइरहेको छ।

त्यसैसम्बन्धमा छलफल गर्न नेपाली कांग्रेसले सोमबार बिहान पदाधिकारी बैठक बोलाएको थियो। सो क्रममा मन्त्री लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो संलग्नता नरहेको दाबी गरे। साथै केही कर्मचारीले बदमासी गरेको थाहा पाएपछि उनीहरुलाई कारबाहीस्वरुप मन्त्रालयमा तानेको पनि उनले दाबी गरे। कांग्रेस पदाधिकारी बैठकमा लेखकले भने, ‘केही कर्मचारीले बदमासी गरेको थाहा पाएपछि कर्मचारी हटाएको हुँ।’

Advertisement 2

यसअघि गत बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्न छापा मारेपछि कर्मचारीले भिजिट भिसाका नाममा विदेश पठाउँदै आएको खुलेको हो। त्यसपछि गृहमन्त्री रमेश लेखको चर्को आलोचना भइरहेको हो।

सोमबार बसेको कांग्रेस पदाधिकारी बैठकमा नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नता नरहेको पनि निष्कर्ष निकालेको छ। कांग्रेसले आफ्नो पार्टीलाई बदनाम गर्न गृहमन्त्रीलाई जोडेर भ्रम फैल्याइएको निष्कर्ष निकालेको हो। गृहमन्त्री लेखकले पदाधिकारी बैठकमा आफूमाथि राजनीतिक आक्रमण भएको समेत उल्लेख गरेका थिए।

प्रकाशित :२०८२ जेष्ठ १३, सोमबार १२:२८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry