पूर्वमन्त्री गुरुङ र सांसद घलेद्वारा निजी श्रोतमा ३० लाखको राहत वितरण

नेपाली कॉग्रेस, मनाङका सभापति एवं पूर्वश्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङ, सांसद कर्म घलेले निजी श्रोतमा मनाङका चारवटै गाउॅपालिकामा राहत स्वरुप खाद्यन्न सामाग्री बितरण गरेका छन् ।
Advertisement 1

सभापति गुरुङ र सांसदद्वय कर्म घलेले निजी ३० लाख रुपैयॉ बराबरको खाद्यन्न सामाग्री मनाङ जिल्लाका चारवटै गाउॅपालिकाका १५३५ घरधुरीमा पुग्ने गरी वितरण गरेका छन् ।

Advertisement 2
असार १ गते बाढी पहीरो गए लगत्तै सभापति टेकबहादुर गुरुङ, सांसद कर्म घले निजी खर्चमा राहत सामाग्री सहित तल्लो मनाङको ताल, धारापानी र ओडार पुगेका थिए ।

सभापति टेकबहादुर गुरुङ बाढी प्रभावित विभिन्न स्थानमा खाद्यन्न र सोलारबत्ती सहित पुग्नु भएको थियो । त्यसैगरी असार ८ गते सभापति एव टेकबहादुर गुरुङ नेपाली सेना प्राविधिक टोलि सहित सदरमुकाम चामे पुग्नु भएको थियो । सेनाको प्राविधिक टोलीले बाढी पहिरोबाट क्षतीग्रसत संरचनाको निरीक्षण एवं रेकी गरी नासोङको ताल आइपुगेको छ ।
Advertisement 3














