सरकारी विद्यालयः मार्कर, पानी र चर्पी प्रयोगको समेत शुल्क असुलिँदै
सरकारले निःशुल्क शिक्षा लागू गरेको छ ।तर, रुकुम पश्चिमको एक सरकारी विद्यालयले विद्यार्थीबाट नियमित यस्तै शुल्क असुल्दै आएको पाइएको छ ।सरकारी विद्यालयमा पढ्ने विद्यार्थीले चक, मार्कर, पिउने पानी, चर्पी प्रयोगसमेतको शुल्क तिर्नुपर्ने व्यवस्था रहेको छ बाँफिकोट गाउँपालिका २ मा रहेको श्री जनकल्याण माध्यमिक विद्यालयमा । विधालले विद्यार्थीबाट यस्तै विभिन्न शीर्षक राखेर पैसा असुल्दै आएको तथ्य खुलेको छ । यस विद्यालयमा कक्षा १२ मा अध्ययनरत एक विद्यार्थीले भर्ना शुल्क, अध्ययन शुल्क मात्र नभइ आफूले कक्षामा पढ्दा शिक्षकले पढाउने गरेको चक, मार्करको शुल्क तिर्न बाध्य भएको बताए । उनले आफू अध्ययनरत विद्यालयमा रहेको शौचालय प्रयोग गर्दा र विद्यालयमा पढ्न जाँदा पिउने गरेको पानीको समेत पैसा तिरेको बताएका हुन् । विद्यालयले दिएको नगदी रसिदबाट समेत ती शुल्कको पुष्टि भएको छ । प्राप्त विवरणअनुसार यस विद्यालयले कक्षा १२ मा अध्ययनरत एक विद्यार्थीबाट चक, मार्कर शुल्क भनेर एक सय ५० रुपैयाँ लिने गरेको छ भने शौचालय तथा खानेपानी शुल्क भनेर २५ रुपैयाँ लिने गरेको छ ।
Advertisement 1
यस विषयमा जनकल्याण माध्यमिक विद्यालयका प्रधानाध्यापक झुपिलाल पौडेलेले शुल्क लिने गरेको स्वीकार गरका छन् । ‘यो शुल्क त हामीले आठ वर्ष पहिलेदेखि नै लिने गरेका छौँ’, प्रधानाध्यापक पौडेलले बताए, ‘कक्षा ११ र १२ मा दरबन्दीको शिक्षक हुनुहुन्न, विद्यालय चलाउन व्यवस्थापन समितिको निर्णयअनुसार शुल्क लिने गरेका हौँ ।’ यो शुल्क निर्धारण गरेर अभिभावक, तत्कालीन जिल्ला शिक्षा कार्यालयबाट अनुमोदनसमेत गरिएको उनको भनाइ छ ।
विद्यालयमा खानेपानी व्यवस्थापन र शौचालय सरसफाइका लागि चौकीदार राखिएको र उनीहरुको तलबको लागि विद्यार्थीबाट शुल्क लिइएको प्रधानाध्यापक पौडेलको भनाइ छ । रुकुम पश्चिमका अन्य विद्यालयले समेत विद्यार्थीबाट विभिन्न शीर्षकमा शुल्क लिने गरेको उनले जानकारी दिए । उ