यस्तो छ रक्षा,उर्जा,जलश्रोत र महिला मन्त्रालयको चौमासिक प्रगति

भौतिक पूर्वाधार तथा यातायात, रक्षा, ऊर्जा, जलस्रोत तथा सिँचाइ, महिला बालबालिका तथा जेष्ठ नागरिक र युवा तथा खेलकुद मन्त्रालयले आफ्नो प्रथम चौमासिक प्रगति विवरण प्रस्तुत गरेका छन्।

Advertisement 1

मन्त्रालयहरुको चौमासिक प्रगति विवरणको प्रस्तुति हितको राष्ट्रिय विकास समस्या समाधान उपसमितिको बैठक मंगलबारदेखि सुरु भएको छ। भौतिक पूर्वाधार, तथा यातायात मन्त्रालयको वित्तिय प्रगति ४० दशमलव ९४ प्रतिशत र भौतिक प्रगति ४२ दशमलव ६६ प्रतिशत पुरा भएको सचिव रविन्द्रनाथ श्रेष्ठले जानकारी दिए।

सडक विभागको वित्तिय प्रगति ४३ प्रतिशत, भौतिक प्रगति ४६ दशमलव ४ प्रतिशत, रेल विभागको वित्तिय प्रगति २७ दशमलव ६३ प्रतिशत र भौतिक प्रगति २७ दशलमव ६३ प्रतिशत, यातायात व्यवस्था विभागको वित्तिय प्रगति २ दशमलव ३२ प्रतिशत, नेपाल पानीजहाज कार्यालयको वित्तिय प्रगति ० दशमलव ४७ प्रतिशत र भौतिक प्रगति ० दशमलव ८४ प्रतिशत रहेको छ ।

Advertisement 2

रक्षा मन्त्रालयको वित्तिय प्रगति ३४ दशमलव ५७ प्रतिशत र भौतिक ३३ दशमलव ६३ प्रगति रहेको सचिव रेश्मीराज पाण्डेले जानकारी दिए। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको वित्तिय प्रगति ६७ दशमलव ७३ प्रतिशत र भौतिक प्रगति ७६ दशमलव ७४ प्रतिशत रहेको बताइएको छ। ऊर्जातर्फ वित्तिय प्रगति ७८ प्रतिशत र भौतिक प्रगति ७७ दशलमव ८८ प्रतिशत, जलस्रोत तथा सिँचाईतर्फ वित्तिय प्रगति ४२ दशमलव ६६ प्रतिशत र भौतिक प्रगति ७३ दशमलव ४ प्रतिशत रहेको सहसचिव नुर मोहम्मद खाँले बताए।

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको वित्तिय प्रगति ३० दशलमव ३८ प्रतिशत भएको सहसचिव बुद्ध गुरुङले जानकारी दिए।
त्यस्तै युवा तथा खेलकुद मन्त्रालयको वित्तिय प्रगति ८५ दशमलव २२ प्रतिशत र भौतिक प्रगति ९५ दशमलव १० प्रतिशत पुरा भएको सचिव रामप्रसाद थपलियाले बताए।

Advertisement 3

विकास निर्माणका सवालमा भोग्दै आएका नीतिगत तथा कानुनी समस्याका बारेमा सचिवहरुले जानकारी गराएका थिए।
उपसमितिका अध्यक्ष एवं राष्ट्रिय रोजना आयोगका उपाध्यक्ष प्रा।डा। पुष्पराज कँडेलसहितकोे भर्चुअल बैठकमा पहिलो दिनको बैठकमा पाँच मन्त्रालयका सचिवले प्रगति विवरण सुनाएका हुन्।

बैठक मंसिर २६ गतेसम्म सञ्चालन हुने राष्ट्रिय योजना आयोगका प्रवक्ता मीनबहादुर शाहीले जानकारी दिए।

प्रकाशित :२०७७ मंसिर २३, मंगलवार ११:५२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry