चोरबाटो बाट अदालत छिर्नुभयो प्रधानन्यायधीश चोलेन्द्र

रामशाहपथपस्थित सर्वाेच्च अदालतको गेटमा कानुन व्यवसायीहरुको आन्दोलनका बीच प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबरा सर्वाेच्च अदालतमा छिर्नुभएको छ । कानुन व्यवसायीहरुल आज सर्वोच्च अदालतको मूल गेटमै धर्ना दिने र प्रधानन्यायधीशलाई सर्वोच्चमा छिर्न नदिने रणनीति लिएका थिए । उनीहरुले बिहान १० बजेदेखि नै रामशाहपथ स्थित सर्वोच्चको मुख्य गेटमा धर्ना दिएका थिए ।
बारको सो रणनीति पछि प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको थियो । सर्वोच्च अदालत परिसरमा अहिले सयौंका संख्यामा सशस्त्र प्रहरी समेत परिचालन गरिएको देख्न सकिन्छ । प्रहरीहरुकमा अनुसार,अहिले हरेक वृत्तबाट प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोली रामशाहपथ क्षेत्रमा आइपुगेका छन् । उहाँ बिहान १० बजेर ५५ मिनेट जाँदा महान्यायधिवक्ताको कार्यालयपट्टीबाट सर्वाेच्च अदालतमा छिर्नुभएको हो । उहाँले आज आफू बाहेकका ८ वटा इजलाश तोक्नुभएको छ ।
यद्यपि न्यायधीशहरुले बिहिबार नै बन्दीप्रत्यक्षीकरणका मुद्धा समेत नहेर्ने निष्कर्ष निकालेका छन् । त्यसकारण आजका लागि इजलाश बस्ने सम्भवना कम छ ।
कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोशिसयनप्रधानन्यायाधीश चालेन्द्रशमशेरलाई सर्वोच्च अदालत प्रवेशमै रोक लगाउने निर्णय गरेसँगै शुक्रवार बिहानैदेखि सुरक्षा व्यवस्था कडा पारिएको छ । आज बिहानै चोलेन्द्र शमशेर राणा पक्षधर केही अभियन्ता सहित कानुन व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ ।
यता सर्वाेच्च परिसरमै प्रहरी परिचालन गरिएसँगै पूर्व महान्यायधिवक्ता बद्रीबहादुर कार्कीले गृहमन्त्री बालकृष्ण खाँणलाई टेलिफोन गरी आधा घण्टाभित्र प्रहरी हटाउन आग्रह गरेका छन् ।

Advertisement 1

 

प्रकाशित :२०७८ कार्तिक २६, शुक्रबार १२:१४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry