काँग्रेसी कर्मचारी संगठनमा कलह,कहाँ चिप्लियो श्रम विभाग ?

विवादै विवादका बीच काँग्रेस निकट कर्मचारी युनियनले कार्यसमिति सदस्यको संख्या बढाउने तयारी गरेपछि संगठनभित्रै लफडा निस्किएको छ । ऐन कानुनलाई कुल्चिएर अध्यक्ष गोपाल पोखरेलले विद्यमान  १०१ कार्यसमितिलाई अझैं ठूलो बनाउन खोजेपछि काँग्रेसी कर्मचारी युनियनभित्र कलह शुरु भएको हो । युनियनको गत भदौं १ र २ गते वानेश्वर बैंक्केटमा विधान अधिवेशनको आयोजना गरेको थियो ।

Advertisement 1

उक्त अधिवेशनमा ललितपुर जिल्ला अध्यक्ष चिरञ्जिवी लामिछाने,वारा जिल्ला अध्यक्ष हरिओम प्रसाद साह,चितवन जिल्ला अध्यक्ष वाशुदेव सापकोटा,रोल्पा अध्यक्ष इन्दिरा अधिकारीबाहेककाले वर्तमान कार्यसमिति नै घटाउनु पर्ने राय पेश गरेका थिए तर अध्यक्ष गोपाल पोखरेलले उल्टै मौजुदा १०१ कार्यसमितिलाई बढाएर १०७ सदस्यीय बनाउने तयारी थालेपछि काँग्रेसी कर्मचारी युनियनभित्र कलह निस्किएको हो । खुला उपाध्यक्ष ४,उपमहासचिव २ बाट ३ र सचिव ७ बाट १६ बनाउने गृहकार्य चल्दैछ । अर्काेतिर अध्यक्षको कोटाबाट मनोनयन गर्न पाइने महाअधिवेशन प्रतिनिधि अध्यक्षले १० बाट १५ पु¥याउन खोजिएपछि श्रममा बेनामे उजुरी नै परेको थियो । सोही संगठनले गरेको बदमासीमा श्रम तथा सुरक्षाजन्य विभागले समेत साथ दिएको भन्दै पञ्जिधिकारीविरुद्ध मुद्धा मामिला गर्नुपर्ने आवाज एकाथरी काँग्रेसी कर्मचारीहरुले उठाइरहेका छन् ।

भदौं १ र २ गते विधान अधिवेशन सम्पन्न भएकोमा ३५ दिनभित्रै श्रममा पुग्नुपर्नेमा उनीहरु १४० दिन पछि अर्थात पुस २० गतेमात्र उनीहरु श्रममा दर्ता गर्न पुगेका थिए । जुन आफ्नै विधानको विपरित हो ।

Advertisement 2

ऐन अनुसार,अधिवेशन गरेको ३५ दिनभित्रैमा श्रममा दर्ता भइसक्नु पर्ने हो । यसरी ऐन अनुसार दर्ता नगरी १४० दिनपछि दर्ता प्रक्रिया अगाडि बढाइएस्ँगै संगठनसँगै जोडिएका केही कर्मचारी उजुरी बोकेर मीनभवन पुगेका थिए । त्यसलाई सेटल गर्नका लागि अध्यक्ष पोखेल आफैं श्रम विभागमा पुगेका हुन ।  उनले आफ्नै विधानलाई कुल्चिएर काम गरेको काँग्रेसी कर्मचारीहरुको आरोप छ । यस अघि दर्ताकै समयमा किचलोमा परेको काँग्रेसी कर्मचारी युनियन पदाधिकारीको संख्या बढाउने बिषयमा लफडा निस्किएको हो । एकातिर ट्रेड युनियन ऐन अनुसार दर्ता गर्न नमिल्ने त थियो नै सोही संस्थाको पञ्जीकरण नहुनुपर्ने कुरा भयो भन्दै अहिले पञ्जाधिकार अधिकारीमाथि समेत प्रश्न चिन्ह उठाइरहेका छन्,काँग्रेसी कर्मचारीहरु । शुक्रवारमात्र कर्मचारी युनियनको उपत्याका कमिटिको बैठक बसेर विधान छपाईको काम टुंग्याइसकेको छ ।

 

Advertisement 3

विधि विधान मिचेर,ऐन कानुनको धज्जी उडाइँदै भएको यो गतिविधिप्रति कर्मचारीहरु नै मुद्धा मामिला गर्ने तयारी गर्दैछन् ।

प्रकाशित :२०८० माघ १०, बुधबार १०:२३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry