तीन लाख भन्दा बढीको सामान बरामद

सशस्त्र प्रहरी बलले तीन लाख भन्दा बढीको सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल कपिलबस्तुले हिजो साढे सात बजे तीन लाख पन्ध्र हजार नौ सय बराबरको सामान बरामद गरेको हो ।
Advertisement 1
कपिलबस्तु कृष्णनगर नगरपालिका १ शिवानगर स्थित भारतबाट अवैध रुपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको अन्दाजी सुटको कपडा, लेडिज ओड्ने सल, मोजा र मोटरसाइकल बरामद गरिएको छ । सशस्त्र प्रहरी नायव उपरीक्षक दिव्यराज कोइरालको कमाण्डमा खटिएको ७ जनाको टोलीलेसुटको कपडा १ सय ७५ वटा लेडिज आड्ने सल ५०, मोजा २ हजार १ सय ६० मोटरसाइकल १ वटा पक्राउ गरेको हो ।
उक्त सामान आबश्यक कारवाहीको लागि कृष्णनगर भन्सार पठाईएको छ ।
Advertisement 2
प्रकाशित :२०८० माघ ७, आईतवार १६:१०
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%