श्रोत नखुलेको नेपाली रुपैयाँसहित एक जना नियन्त्रणमा

श्रोत नखुलेको ८ लाख नेपाली रुपैयाँसहित सशस्त्र प्रहरीले सिरहा जिल्लाको बरियारपट्टी गाउँपालिका ३ चमारटोलस्थित सीमा ईलाकाबाट मंसिर १६ गते एक जनालाई नियन्त्रमा लिएको छ ।
Advertisement 1
सोही जिल्लाको बरियारपट्टी गाउँपालिका २ श्रीपुर बस्ने ४२ वर्षिय महोमद फिरोजलाई उल्लेखित रुपैयाँसहित बिओपी बरियारपट्टीले नियन्त्रणमा लिएका हो।
भारतबाट साईकलमा नेपालतर्फ आउँदै गरेका उनलाई गस्तीमा खटिएको सुरक्षा फौजले जाँच गर्दा उनको साथमा १ हजार दरको ४ सय ९६ वटा, ५ सय दरको ६ सय ३ वटा र १ सय दरको २५ वटा नेपाली नोट फेला पारेको हो । उनले सो रकम कहाबाट कुन प्रयोजनको लागि लिएको भन्ने श्रोत खुलाउन नसेकपछि नियन्त्रणमा लिएको हो ।
Advertisement 2
नियन्त्रणमा लिइएका फिरोजलाई बरामद रुपैयाँ तथा साईकलसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय मार्डरमा बुझाईएको छ ।
प्रकाशित :२०८० मंसिर १७, आईतवार १२:५२
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%