रञ्जना व्यापार संघको अध्यक्षमा हरिप्रसाद पाण्डे

काठमाडौंको न्युरोडमा रहेको रञ्जना ट्रेड सेन्टरमा व्यापार–व्यवसाय गर्ने व्यवसायीहरुको संगठन रञ्जना व्यापार संघले आफ्नो नवौं वार्षिक साधारणसभा तथा पाचौं अधिवेशन भब्यताका साथ सम्पन्न गरेको छ । अधिवेशनले अध्यक्ष पदमा हरिप्रसाद पाण्डेलाई निर्विरोध चयन गरेको छ ।
Advertisement 1
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालको प्रमुख आतिथ्यता तथा संघका निवर्तमान अध्यक्ष बिना श्रेष्ठको सभापतित्वमा आज (बिहीबार) सम्पन्न संघको साधारणसभा तथा अधिवेशनले १७ सदस्यीय कार्यसमिति सर्वसम्मतले चयन गरेको हो । जसअन्तर्गत अध्यक्ष पदमा हरिप्रसाद पाण्डे, उपाध्यक्षमा दिपेन्द्र क्षेत्री र मुरारी प्रसाद तिमिल्सिना, महासचिवमा महेश पौडेल, सचिवमा सिताराम तिवारी र राजेन्द्र कँडेल, कोषाध्यक्षमा यमकुमार श्रेष्ठ, सह–कोषाध्यक्षमा आशा मिण्डा चयन भएका छन् भने सदस्यहरुमा मुना थापा, कमल पराजुली, एलिशा श्रेष्ठ, सुनिता लामा, रुपा तामाङ (थापा), सुरज कुमार खड्का, पदम न्यौपाने, कृष्ण अधिकारी र शुशिल बेल्बासे चयन भएका हुन् ।
कार्यक्रमलाई संबोधन गर्दै प्रमुख अतिथि तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले रञ्जना व्यापार संघ व्यवसायीहरुको हकहितमा मात्र नभई सामाजिक कार्यमा पनि उत्तिकै अग्रसर रहेको भन्दै खुशी व्यक्त गरे । उनले निवर्तमान अध्यक्ष बिना श्रेष्ठले आफ्नो कार्यकाल सफलतापूर्वक पुरा गरेको बताउँदै नयाँ कार्यसमितिलाई पनि अधुरा कामहरु पुरा गर्दै जान आग्रह गरे ।
Advertisement 2
साथै नयाँ कार्यसमितिलाई बधाई तथा आगामी कार्यकालको लागि शुभकामना व्यक्त गरे । व्यापारी व्यसायीहरुको समस्या समाधान गर्न आफू सँधै कटिवद्द भएर लाग्ने बताउँदै उनले जस्तोसुकै परिस्थितिमा पनि आफू व्यवसायीहरुलाई सहयोग गर्न तयार भएको विश्वास दिलाए ।
त्यस्तै संघका निवर्तमान अध्यक्ष बिना श्रेष्ठले व्यापारीहरुको हकहितका लागि स्थापना भएको संघले स्थापनाकालदेखि नै रञ्जनामा व्यापार व्यवसाय गर्दै आएका सम्पूर्ण व्यापारीको पक्षमा वहश पैरवी तथा विभिन्न निकायहरुसँग वहस, छलफल र आवश्यक खबरदारी गर्दै आएको बताईन् ।
Advertisement 3
रञ्जना व्यापार संघले रञ्जना ट्रेडमा मात्र सिमित नभई देश तथा विदेशमा पनि आफ्नो उपस्थिति जनाउँदै आएको उनले बताईन् । साथै रञ्जना व्यापार संघले सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर विविध सामाजिक कार्यहरु पनि गर्दै आएको श्रेष्ठले बताईन् । उनले आफू कार्यकालमा रहदाँ कर शिक्षा अभिमूखिकरण, वाणिज्य र कर कार्यालयमा दर्ता अभियान, रक्तदान, खेलकुद, राहत वितरण जस्ता विविध कार्यहरु गरेको बताईन् ।
आगामी कार्यसमितिले आफ्नो कार्यकालमा गर्न छुटेका अधुरा कामहरुलाई पुरा गर्दै जाने र सामाजिक कार्यहरुलाई पनि निरन्तरता दिदै जानेमा आफु विश्वस्त रहेको बताउदै श्रेष्ठले संघप्रति आफ्नो साथ र सहयोग सदैव रहने समेत प्रतिवद्धता जनाईन् ।