९० प्रतिशत कर्मचारी काम चोरः अख्तियार प्रमुख राई

निजामती कर्मचारीले प्राप्त गर्ने तलव बराबरको काम नगरी रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले बताएका छन्। प्रमुख आयुक्त राईले अधिकांश कर्मचारीले तोकेको सात घन्टा कार्यालयमा बसेर काम नगरेको बताएका हुन्।

Advertisement 1

आइतबार दाङमा अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय काठमाडौंले आयोजना गरेको भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रबर्द्धनसम्वन्धि अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै ९० प्रतिशत कर्मचारीले दैनिक सात घन्टा पनि काम नगरेको १० प्रतिशत कर्मचारीले मात्र काम गरेको बताए । उनले राज्यले घन्टा अनुसार तलव दिने व्यवस्था गर्नुपर्ने बताए। ‘विदेशमा पनि त्यही छ। त्यस्तो ब्यबस्था भएमा सात घन्टा काम गर्ने कर्मचारीले सात घन्टाको र तीन घन्टा काम गर्ने कर्मचारीले तीन घन्टाको मात्रै तलब पाउँछन्। यो न्यायोचित पनि हुन्छ,’ उनले भने।

कर्मचारीहरुमा भनेबमोजिम र तोकिएबमोजिम काम नगर्ने तर अपेक्षा धेरै गर्ने प्रवृत्ति रहेको उनले बताए। राईले राष्ट्र सेवक कर्मचारी सच्चिएमा देशमा भ्रष्टाचार अन्त्य गर्न तथा सुशासन लागु गर्न सहज हुने बताएका बताए। कार्यालयका अनुसार कर्मचारीहरु बिहान हाजिर गरेर आफ्ना अन्य काममा निस्कने र बेलुका कार्यालयमा फर्केर हाजिर गर्ने प्रवृत्ति देखिएको छ र यही कारण सरकारी कामकाजमा नकारात्मक असर परेको छ ।

Advertisement 2

 

प्रकाशित :२०८० पुष २३, सोमबार १०:५९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry