जिससमा १२ भन्दा बढी कर्मचारी राख्न नपाइने

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७७ वटै जिल्ला समन्वय समिति (जिसस) १२ जना भन्दा बढी कर्मचारी नराख्न पत्राचार गरेको छ ।
Advertisement 1
मन्त्रालयले मंगलबार ७७ वटै जिल्लालाई पत्राचार गर्र्दै मन्त्रिपरिषद्ले १६ असोजमा स्वीकृत गरेको जिससको संगठन संरचना र दरबन्दी तेरिज गर्ने संशोधन प्रस्तावको आधारमा मात्रै कर्मचारी राख्न पत्र पठाएको हो ।
मन्त्रालयले मंगलबार ७७ वटै जिल्लालाई परिपत्र गर्दै गत असोज १६ गते बसेको मन्त्रिपरिषद् बैठकबाट स्वकिृत भएको जिससको सङ्गठन संरचना र दरबन्दी तेरिज गर्ने संशोधन प्रस्तावको आधारमा मात्रै कर्मचारी राख्न भनेको छ ।जिल्ला समन्वय समितिको प्रमुखको सचिवालयमा खरिदार सरहका एक जना करारमा राख्न पाइने मन्त्रालयले जनाएको छ ।
Advertisement 2
जिल्ला समन्वयमा कुन पदका कति कर्मचारी, हेर्नुस पत्र
https://drive.google.com/file/d/17iohhTzpiDFj4XEHY1YrgMIcHIjgSj9U/view








