वाईसीएल रसुवाको इन्चार्जमा तामाङ, संयोजकमा विक

माओवादी केन्द्रको युवा संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) रसुवाकको इन्चार्ज र संयोजक चयन भएका छन् ।
Advertisement 1
वाईसीएल नेपालको चैत्र ४ र ५ गते बसेको वाईसीएल नेपाल केन्द्रीय समितिको चौथो पूर्ण बैठकले रसुवासहित विभिन्न जिल्लामा इन्चार्ज र संयोजक चयन गरेको हो । रसुवाको इन्चार्जमा दिलिप तामाङ र संयोजकमा विकलाई चयन गरेको हो ।
सर्वोच्च अदालतले माउ पार्टी ब्यूँताएपछि काठमाडौंमा चैत्र ४ र ५ गते बसेको वाईसीएल नेपाल केन्द्रीय समितिको चौथो पूर्ण बैठकले उक्त निर्णय गरेको हो । संगठनलाई चलायमान गराउनका लागि भन्दै राष्ट्रिय भेला अगावै टोल कमिटीदेखि प्रदेश कमिटी सम्मका भेलाहरु आयोजना हुने र राष्ट्रिय भेलाका प्रतिनिधिहरु प्रदेश भेलाबाट चुनिएर आउने वाइसीएलका सचिव पुष्प ओलीले बताए ।
बैठकले राष्ट्रिय भेला अगावै दुई लाख नयाँ सदस्यता विस्तार गर्ने निर्णय समेत गरेको छ ।