दलीय कर्मचारी ट्रेड युनियनको खारेजीको मागसहित मन्त्रालमै कर्मचारीको धर्ना

काठमाडौं। दलीय कर्मचारी ट्रेड युनियनको खारेजीको मागसहित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा धर्ना सुरु भएको छ। कर्मचारी पशुपति पोखरेलले संघीय निजामती ऐन जारी गर्नुपर्ने मागसहितका माग राखेर धर्ना सुरु गरेकाहुन्।
Advertisement 1
आफ्ना मागहरु पूरा नहुन्जेलसम्म संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि ५ घन्टा धर्नामा बस्ने पोखरेलले बताए। उनी स्वतन्त्र निजामती कर्मचारी अभियानको संयोजक पनि हुन्। २०८१ चैत्र १७ गते ११ बजेदेखि ४ बजेसम्म गेटमा धर्ना बसेर विरोध कार्यक्रम सुरु गरेका हुन्।
पटकपटक मागपत्र बुझाए पनि सम्वोधन नभएका कारण धर्ना गर्नुपरेको उनको भनाइ छ। नेपालको निजामती प्रशासनमा भएका विकृति अन्त्यको माग उनले गरेका छन्। सामान्य प्रशासन, शहरी विकास, भूमि व्यवस्था र गृह मन्त्रालयमा हुने तीन महिने र लेनदेने सरुवाको विरोध गरौँ भनेका छन्।
Advertisement 2
साथै, सामुहिक सौदावाजीका लागि तीनै तहमा प्रत्यक्ष निर्वाचित हुने निजामति कर्मचारीहरूको एकमात्र आधिकारिक ट्रेड युनियन कायम गर्नुपर्ने माग छ।। पैसा उठाएर गरिने सरुवा बन्द गर्न माग गरिएको छ।
कर्मचारीलाई अतिरिक्त र बरण्डामा राखेर दाम तोकेर कामु तथा निमित्त तोक्ने कार्य भष्ट्राचार भएकाले त्यो कार्य बन्द गर्न माग गरिएको छ। कर्मचारी मैत्री संघीय निजामति सेवा ऐन तुरुन्त जारी गर्न भनिएको छ।
Advertisement 3
स्थानीय तहका कर्मचारीहरू माथिको विभेदहरूको अन्त्य गर्न माग गरिएको छ। कुनै पनि निर्णय कार्यन्वयन गर्ने कर्मचारीहरूको हकमा गल्ती नभए सम्मान दिनुपर्ने माग छ। गल्ती भए फासी दे भनेर माग गरिएको छ।