मन्त्रीज्यू,एक लाख बजेटले कस्तो पुल बन्छ ?

छुट्टाउनै सकस,संघीय सरकारका मन्त्री हुन कि गाउँका वडा अध्यक्ष ! स्थानीय तहले समेत ५ लाख घटीका योजना बनाउन छाडेका छन् तर संघीय सरकारका मन्त्रीहरुले १ लाखका योजना बनाएर संघीयताको मर्ममाथि नै प्रहार गरिरहेका छन् ।

Advertisement 1

जस्तो :- सीता गुरुङले सम्हालेको शहरी विकास मन्त्रालयको बजेट गत आर्थिक वर्षभन्दा ३० अर्बले बढाएर ६६ अर्ब १७ करोड रूपैयाँ पु¥याइएको छ । तर, यही विकासे अड्डाको हविगतचाहिँ कतिसम्म भद्रगोल छ भने एक लाखका दरले २८६ वटा आयोजनाका लागि बजेट विनियोजन गरेर पठाएको छ । अब प्रश्न उठ्छ कहिँ कतै एक लाख बजेटले पुल बन्दछ ? पुलै बन्दैन भने बजेट किन खन्याएको ? शहरी विकास मन्त्रालयले प्रकाशन गरेको रातो किताबको बजेट उपशीर्षक ३४७०२१०३ झोलुंगे पुल क्षेत्रगत कार्यक्रम अन्र्तगत २८६ वटा कार्यक्रमका लागि शहरी मन्त्रालयले १ लाखका दरले बजेट छुट्टाएको भेटिन्छ । काइलाटार झोलुङ्गे पुल,माइखोला इलाम,ठूलो दोरुङ्गे खोला झोलुङ्ग पुल,दूधकोशी,सुनकोशी मझुवा छाँगीखेत,भोजपुर होस वा रातापानी शान्तिचोक बेलका गिदरीखोला उदयपुरको झोलुङ्गे पुलका लागि होस शहरी विकास मन्त्रालयले एक लाखका दरले बजेट विनियोजन गरेको भेटिएको छ ।

यसका अलवा हुली नदी सप्तरीमाथि बन्न लागेको पुल होस वा सिरहाको सरे विहिबारे,देवीथानको पुल होस १ लाखको दरले बजेट छुट्टाइएको छ ।रौतहटको बाग्मती नदी राजदेवी बलरा,पर्साको बडागाउँ इच्छानगर,रामेछापको खुमलटार साघुँटार,सिन्धुपाल्चोकको गिरानचौर,पानीटयांकी,देवीस्थानको पुल देखि हल्दे लिम्बु,सेरा कुण्डलेमा निर्माणधीन पुल होस बझाङ्गको भेराबाट खोला,प्युसारा,धादिङ्गको महादेवस्थान त्रिशुली खोला जोड्ने पुल होस वा सोही ठाउँको मलेखु खोला खुत्रे ढाड जोड्ने पुल होस यी सबैका लागि एक लाखका दरले बजेट पठाइएको छ । सातै प्रदेशका ७७ वटै जिल्लामा शहरी विकास मन्त्रालयले पुल निर्माणका लागि १ लाखका दरले बजेट छुट्टाएर विजोग देखाएको छ । रणनीतिक सडक पुल निर्माणअन्तर्गत नुवाकोटको मसेरी खोला पुलका लागि २ लाख रूपैयाँ छुट्टाइएको भेटिएको छ ।

Advertisement 2

संघीय सरकारले निर्माण गरेको आगामी आव २०८०–८१ को बजेटले संघीयतालाई उपहास मात्र गरेको छैन, संघका मन्त्रीहरु वडाध्यक्षको हैसियतभन्दा माथि उठ्न नसकेको ती मन्त्रालयका रातो किताब पल्टाउने हो भने यस्ता सयौं योजनाहरु भेटिन्छन् । प्रश्न उठ्छ, १–२ लाखका योजना पनि संघीय सरकारले छनोट गर्ने हो भने वडाध्यक्ष किन चाहियो ?

सीता तब भइन् सितांग

प्रकाशित :२०८० पुष ४, बुधबार १५:२५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry