सशस्त्र प्रहरीद्धारा ३२ लाखको अवैध सामान बरामद

सशस्त्र प्रहरीले भन्सार छलेर भारतबाट नेपाल भित्र्याउँदै गरेको रु ३२ लाख बराबरको अवैध सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल नं ३० गण बागेश्वरीको टोलीले बिहीबार नेपाल भित्र्याउँदै गरेको रु ३२ लाख बराबरको अवैध सामान बरामद गरेको हो ।

Advertisement 1

गणका सूचना अधिकारी एवं सशस्त्र प्रहरी नायब उपरीक्षक महेन्द्र भारतीका अनुसार खजुरा गाउँपालिका–६ सिमलघारीमा जाँच गर्ने क्रममा भे१च २३५७ नंको ट्रकमा भारतबाट अवैधरुपमा नेपाल ल्याउँदै गरेको सामान बरामद गरेको हो । बरामद गरिएका सामानमा रु १४ लाख ७० हजार बराबरको लत्ताकपडा, रु एक लाख ४० हजारको पित्तलका मूर्ति, भाँडावर्तन, सजावटका सामग्री र सामान बोक्न प्रयोग गरिएको ट्रक रहेका छन् ।

ट्रक चालकसहित दुईजनालाई पक्राउ गरिएको सूचना अधिकारी भारतीले जानकारी दिए। पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालिका–५ का ५० वर्षीय कमल हलुवाई र चालक ३० वर्षीय भारतीय नागरिक साकिर हुसेन रहेका छन् । दुवैजनालाई आवश्यक कारबाहीका लागि नेपालगञ्ज भन्सार कार्यालयलाई बुझाइएको छ ।

Advertisement 2

 

प्रकाशित :२०८० मंसिर २९, शुक्रबार ०९:३१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry