नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सरकारी जागिर, छैटौं तहकी अधिकृत दोषी ठहर

नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर अधिकृत तहमा जागिर खाने कर्मचारी अदालतको फन्दामा परेकी छिन् । नेपालगञ्ज, बाँकेस्थित खानेपानी तथा सरसफाई डिभिजन कार्यालयमा अधिकृत (छैटौं तह) मा कार्यरत हीम कुमारी सुनार पुन उपर अख्तियारले दायर गरेको शैक्षिक योग्यताको झुट्टा प्रमाणपत्र सम्बन्धी मुद्धामा विशेष अदालतले उनलाई दोषी ठहर गरेको हो ।
Advertisement 1
बिशेष अदालतका न्यायाधीशहरू खुशीराम थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलाशले उनलाई दोषी ठहर गरेको हो ।
सुनार पुनले माध्यमिक शिक्षा परिषद् क्षेत्रीय कार्यालय वाराणसी, भारतबाट हाइस्कुल उत्तीर्ण गरेको भनी नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी राजपत्रअनंकित द्वितीय श्रेणीको महिला कार्यकर्ताको पदमा नियुक्ति भई पछिल्लो समय अधिकृतस्तरको छैटौं तहमा कार्यरत रहेको भेटिए पछि अख्तियारमा उजुरी परेको थियो । सोही उजुरी उपर अनुसन्धान गरी अख्तियारले शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेस गरी सरकारी सेवामा कार्यरत कर्मचारी विरुद्ध अख्तियारले गत भदौ १५ गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो । तीन महिनामै विशेषले यो मुद्धाको फैसला सुनाएको हो ।
Advertisement 2
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) मा कुनै पनि व्यक्तिले सरकारी सेवा सुविधा पाउने उद्देश्यले झुटा विवरण पेश गरेको पाइएमा असूरअनुसार ६ महिनादेखि एक वर्षसम्म कैद र १० देखि २० हजारसम्म जरिवाना हुने व्यवस्था छ ।
Advertisement 3