सिमामा तस्करी :- नियन्त्रणमा सशस्त्र प्रहरी सधैंभरी

सशस्त्र प्रहरीले करिब साढे १३ लाखको सामन बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेड क्वाटर पर्साले रेडिमेड कपडा, जुत्ता तथा मुर्ती बरामद गरेको हो ।
Advertisement 1
हिजो १ बजे वीरगंज महानगरपालिका १६ भन्सार रोडबाट चेकजाँच गर्ने क्रममा बेवारिसे अवस्थामा राखेको ६ लाख २० हजार ३ सय ३५ रुपैयाँ बराबरको रेडिमेड कपडा, जुत्ता तथा मुर्ती बरामद गरेको छ ।
Advertisement 2
त्यस्तै आज ३ बजे वीरगंज महानगरपालिका २ छप्कैया भन्सार रोडबाट बीरगंज भन्सार र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले घरमा लुकाई राखेको ७ लाख २ हजार ९ सयको कपडा बरामद गरेको छ । उक्त सामान आवश्यक कारवाहीको लागि बीरगंज भन्सार कार्यालय पर्सामा बुझाईएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेड क्वाटर पर्साले जानकारी दिएको छ ।
प्रकाशित :२०८० मंसिर १७, आईतवार १९:०७
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%