श्रद्धाञ्जली दिनै हतार, अस्पताल भन्छ– अवस्था ‘अत्यन्त गम्भीर’
कांग्रेस नेता नवीन्द्रराज जोशीको सचिवालयले भ्रमपूर्ण समाचार प्रवाह नगरिदिन आग्रह गरेको छ ।
Advertisement 1
नेता जोशीकै आधिकारिक फेसबुक पेजमा एक स्टाटस राख्दै सचिवालयले भनेको छ– नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीज्यूको स्वास्थ्यलाई लिएर सामाजिक सञ्जालमा आएका समाचारहरुप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । उहाँको अहिले पनि थापाथलीस्थित नर्भिक अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेकाले भ्रमपूर्ण समाचारहरुमा कुनै सत्यता नरहेको प्रष्ट पार्न चाहन्छौँ । कुनै पनि व्यक्तिको निधनजस्तो अति संवेदनशील विषयमा अनुमानको भरमा समाचार सम्प्रेषण नगरिदिनुहुन सरोकारवाला सबैमा अनुरोध गरिन्छ ।” यसअघि कांग्रेस नेता प्रदीप पौडेल, नेवि संघका अध्यक्ष राजिव ढुङगाना, नेता रामकृष्ण चित्रकार लगायतले फेसबुकमा जोशीको निधन भएको भन्दै श्रद्धाञ्जली दिएका थिए ।