भारतबाट लागु औषध नेपाल ल्याउने सशस्त्रको फन्दामा

भारतबाट लागु औषध नेपाल ल्याउने र बेच्ने एक पुरुषलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ। भीमदत्त नगरपालिका गड्डा चौकी चोकबाट २१ बर्षे सन्तोष भट्टलाई पक्राउ गरेको हो ।

Advertisement 1

उनको साथबाट सशस्त्र विभिन्न प्रकारका ३३ वटा लागुऔषधहरु बरामद गरेको ३५ नम्बर गणका गणपति प्रेमबहादुर रावलले जानकारी दिए । बेदकोट नगरपालिका ९ चिनीमिलका भट्टलाई हिजो राती ८ः ५० मा भारतबाट नेपाल आउँदै गर्दा सशस्त्र प्रहरी नायव निरीक्षक अनोज नाथ योगी सहित सात जनाको टोलीले पक्राउ गरेको हो ।

Advertisement 2

त्यस्तै २८ गते ९ वटा भैसी पक्राउ गरेको छ । ओधारा चादनी नगरपालिका १ जिरो पोइन्ट सिमा इलाकाबाट ९ वटा भैसी करीव ३ लाख १५ हजार बरावरको पक्राउ गरेको हो ।

नेपालबाट भारत तर्फ लैजान लागेको अवास्थामा बैल्बन्दबाट खटिएको सशस्त्र प्रहरी बरिष्ट नायव निरीक्षक राम अहिरको ११ जना को टोलि पक्राउ गरी गडडचौकि भन्सार मा बुझाएको गणपति रावलले जानकारी दिए ।

Advertisement 3

प्रकाशित :२०८० भाद्र ३१, आईतवार ०९:५१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry