गृह मन्त्रालय र केयूबीच समझौता

काठमाडौं। गृह मन्त्रालय र काठमाडौं विश्वविद्यालय (केयू)को मानसिक स्वास्थ्य विभागबीच मानसिक स्वास्थ्य अध्ययन–अनुसन्धानका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ।

Advertisement 1

गृह मन्त्रालयका विपद् महाशाखा प्रमुख डा टोकराज पाण्डे र विश्वविद्यालयका मानसिक स्वास्थ्य विभाग प्रमुख डा दीपक कुँवरले समझदारीपत्रमा आज हस्ताक्षर गरेका हुन्। त्यस अवसरमा गृहमन्त्री रमेश लेखकले गृह मन्त्रालय र विश्वविद्यालयको प्रयासमा आत्महत्याका घटानालाई नियन्त्रण र न्यूनीकरणमा सहयोग पुग्ने बताए।

गृह मन्त्रालय र काठमाडौं विश्वविद्यालयको प्रयासमा एक वर्षमा आत्महत्याका घटनामा निकै कमी आउने गृहमन्त्री लेखकले बताए। ‘आत्महत्याको विषय गम्भीर छ। प्रत्येक दिनको रेकर्ड हेर्दा म आत्तिन्छु, डराउँछु। पछिल्लो २४ घण्टामा मात्र ३७ जनाले आत्महत्या प्रयास गरेका छन्। जसमध्ये ११ जनाको मुत्यु भएको छ,’ उनले भने, ‘बाँच्न सफल २६ जनाले जुनसुकै बेला पनि आत्महत्या गर्ने खतरा हुन्छ।’

Advertisement 2

आत्महत्याको कारण, कारक र निदानको उपायको खोजीका लागि काठमाडौं विश्वविद्यालयले अध्ययन र अनुसन्धान गर्ने उनको भनाइ छ।

प्रकाशित :२०८१ पुष ८, सोमबार १६:१३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry