अस्पताल भित्रै कुटिए चिकित्सक
ऋषि भट्टराई
Advertisement 1
१३ मंसिर । बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) का मेडिकल सुपेरिटेन्डेन्ट डा. राजेन्द्र बस्यालमाथि कुटपिट भएको छ । अस्पतालमा उपचाररत सुत्केरी महिलाको मृत्यु भएपछि उत्पन्न तनाव समाधान गर्न वार्ता भइरहेको अवस्थामा बस्यालमाथी कुटपिट भएको अस्पताल प्रशासनले जनाएको छ ।
मृतकका आफन्तको कुटपिटबाट गम्भीर घाइते भएका बस्यालको लुम्बिनी प्रादेशिक अस्पतालको आईसीयू कक्षमा उपचार भइरहेको छ । गत राती २ बजे उनलाई अस्पताल पु¥याइएको थियो । सुत्केरी भएको दुई दिनमै महिलाको मृत्यु भएपछि स्थिति तनावग्रस्त बनेको प्रहरीले जनाएको छ ।
Advertisement 2
गुल्मीको सत्यवती गाउँपालिका ठूलो लुम्पेक घर भई भैरहवामा बस्दै आएकी ३२ वर्षीया भवानी रास्कोटीको मंगलबार अस्पतालमा मृत्यु भएको थियो । उनले सोही अस्पतालमा अस्ति पाँच केजी तौलको बच्चा जन्माएकी थिइन्। सुत्केरी गराइसक्दा आमा र बच्चा दुबैको स्वास्थ्य अवस्था सामान्य थियो। तर, सोमबार बिहान शैयाबाट उठाउने क्रममा ढलेर मृत्यु भएको थियो ।
उनका आफन्तले शव बुझिसकेर लैजान लाग्दा अचानक उत्तेजक समुहको भीड अस्पतालमा पसेर तोडफोड गरेको अस्पताल प्रशासनले जनाएको छ । तोडफोड भएपछि मृतकका आफन्त, अस्पताल प्रशासन र प्रहरीसहित वार्ता चलेको थियो । छलफल भइरहँदा बस्यालमाथि कुटपिट भएको प्रहरीले जनाएको छ । उनीहरूले कुर्ची र टेबलका खुट्टा भाँचेर बस्यालको टाउको र छात्तीमा प्रहार गरेको घटनास्थलमा उपस्थित एक चिकित्सक र प्रत्यक्षदर्शीले बताएका छन् । मेसुमाथि कुटपिट भएपछि अस्पतालले इमरजेन्सीबाहेक सबै सेवा बन्द गरेको छ ।
Advertisement 3
बिहानैदेखि अस्पताल आएका बिरामीहरूलाई गेटबाटै फर्काइएको छ । अस्पतालका भर्ना भएर उपचाररत बिरामीहरु हेर्ने बाहेक सबै काम ठप्प रहेको अस्पताल प्रशासनले जनाएको छ ।
डाक्टरमाथि कुटपिटमा संलग्न रहेको आरोपमा प्रहरीले सात जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी मनोहर भट्टले बताएका छन् ।