छ त देशको माया भएको नेता कोही ?
यतिखेर सरकारको कमजोरीका विरुद्ध आन्दोलन अगाडि बढेको छ । मंसिर७ गतेबाट सुरु भएको आन्दोलन मागहरु पूरा नभइन्जेल सम्म अगाडि बढिरहने कुरा गरिएको छ । आन्दोलन कस्ले गर्यो भन्नु भन्दा नि मागहरु कस्ता हुन् भन्ने कुरामा सरकार गम्भीर हुनु जरुरी छ । सुरुमा आन्दोलन कसरी अगाडि बढ्ने हो भन्नेमा मानिसहरुको आशंका थियो । तर आन्दोलनमा मानिसहरुको सहभागीता हेर्दा भने यो आन्दोलन चानचुने भने छैन । नेपालकै ठूलो दल एमालेको भातृ संगठनको युवा संघले आयोजना गरेको भन्दा ठूलो भन्ने आम मानिसहरुको ठम्यायी रहेकोले यो आन्दोलनलाई कम आक्नु हुँदैन ।
अहिले सम्म दुर्गा प्रसाईको मात्र नेतृत्वमा आयोजना गरिएको यो आन्दोलन कुनै सशक्त दलको आयोजनामा गरिने आन्दोलन भन्दा कम ठूलो रहेन । कुनै पनि दलले औपचारिक रुपमा समर्थन नजनाए पनि बैंक र लघु वित्तबाट पीडितहरु र केही स्वतन्त्र व्यक्तिहरुको सहभागितामा मात्र उठेको आन्दोलन भएको कारण यो आन्दोलनलाई एकदमै ठूलो मान्नु पर्दछ । धर्म, राष्ट, राष्टियता र नागरिक बचाऊ अभियान भनिएता पनि हिन्दू धर्म र राजसंस्था पनि फिर्ता ल्याउने भन्ने आन्न्दोलनको उद्देश्य देखिन्छ । राजावादी दलले पनि औपचारिक रुपमा समर्थन नगरेको भएता पनि केही राजाबादी व्यक्तिहरु भने आन्दोलनमासहभागी रहेको देखियो । किनकी राजा आऊ देश बचाऊ भन्ने नारा घन्ेकको कारण राजाबादीहरु भने धेरै नै रहेको प्रष्ट देखिन्छ । राजा ल्याउने नारा घन्कनु भनेको यो व्यवस्थाको विकल्प खोज्नु हो । जनताकै आन्दोलनले बहुदलीय व्यवस्था ल्यायो र गणतन्त्र पनि ल्यायो । २०४७ को संवैधानिक राजतन्त्रले देशको विकास गर्दैन भनेर २०५२ बाट सशस्त्र आन्दोलन गर्ने माओवादी अहिले सरकारको नेतृत्व गरिरहेको छ । सत्र हजार मानिस मारिएर आएको गणतन्त्रले पनि जनताका समस्याहरुको सम्वोधन गर्न सकेन । झन देश आर्थिक रुपले टाट पल्टी सकेको छ ।
देशमा यतिखेर विकासका काम सबै ठप्प छन् । युवाहरु विदेशीको दासदासीका रुपमा बेचिएका छन् । परिवार क्षतविक्षत छ । पंचायतको पालामा खुलेकाउद्योगहरु सबै बन्द छन् । स्कुल कलेज, सरकारी संस्थाहरु सबै दलहरुको भर्तिकेन्द्र बनेका छन् । नेताहरुका दासहरुले मात्र भरिएका विश्वविद्यालयहरुअहिले विद्यार्थी विहिन भै सके । सकृय जनशक्ति बाहिर भएकोले देशको हरेक व्यवसाय संकटमा छन् । कमाई हुन नसकेकोले मानिसहरु बैंकहरुको ऋण तिर्न नसकेर झुण्डिने स्थिति बनेको छ । बैंक र वित्तीय संस्थाहरु जनताका सहयोगी हुनुको सट्टा चक्रवर्ती व्याज लिने नयाँ खालका सामन्त तथा शोषक बनेका छन् । देशमा यावत समस्याहरु छन् ।सरकारमा रहेकाहरु सत्ता कसरी टिकाई राख्ने भन्नेमा छन् । जनतालाई सिद्धान्तका कुरा गरेर जनतालाई पटकपटक झुक्याएर चुनाव जितेर आए । अहिले सिद्धान्त विहिन गठबन्धन गरेर सत्तामा टिक्ने खेल मात्र रचेका छन् । जनताका समस्या समाधान गर्छौं भने तर कुनै पनि समस्याको समाधान गरेनन् । हरेक सेक्टरका जनता यतिखेर समस्याले प्रताडित बनेका छन् । राज्यले जनताको अविभावकत्व प्रदान गर्नु पर्ने हो खराव पात्रहरुको कारण जनता अविभावक विहिन बनेका छन् । प्रतिपक्ष सरकारलाई सचेत गराउला भन्दा जनताको विरुद्धमा उत्रने गर्छ । यो कस्तो विडम्वना हो ? गणतन्त्र केका लागि हो ? नेता र उनीहरुका दासका लागि मात्र हो त ?सरकारको नेतृत्व गर्ने दलका नेता नै आन्दोलन गर्छु सडकमा लाखौँ जनता उतार्छु भन्ने अनि अरुले गरेको आन्दोलन भने दवाउन खोज्ने । यो कस्तो न्याय हो ?
आजका जनता धेरै बुझ्ने भैसकेका छन् । जनता दबाउने कुरा नगर्दा हुन्छ । आन्दोलनले उठाएका मागहरु कसरी सभ्वोधन गर्ने हो त्यसको लागि तयार रहन पर्यो । चाहे व्यक्तिले उठाओस् या दलले त्यो सम्वोधन हुन सकेन भने स्थिति झन जटील बन्दै जान्छ सरकार बेलैमा सचेत रहोस् । अव देशका जनता विदेश पठाएर रेमिट्यान्टको पैसाले देश चल्छ भन्नु मुर्खता मात्र हो । देशमा उद्योग खोल्ने,व्यवसाय चल्ने वातावरण बनाउन तिर लागेर युवाहरुलाई देश मै रोजगारी दिने आधार तयार गर्नु पर्यो । यस्मा प्रतिपक्षले पनि सकारात्मक भूमिका खेल्नु पर्यो । नत्र आन्दोलन त अगाडि बढ्छ । दुर्गा प्रसाईहरु थाके छन् भने पनि अर्को नेतृत्व अगाडि बढ्छ । अहिले दुर्गा प्रसाइले अगाडि सारेका मागहरु आम जनतालाई चित्त बुझेको छ । केही नेताहरु बहेक कांग्रेस, एमाले माओवादी समर्थक सबै जनतालाई ठीक लागेको छ । आन्दोलन अहिले नै नउठे पनि आन्दोलन दवाउन दुष्प्रयास गरेमा कुनै पनि वेला आन्दोलनले उग्र रुप लिन सक्छ । श्रीलंकामा जस्तै नेताहरु भाग्नु पर्ने स्थिति आउन सक्छ । नेताहरुमा अब त चेत आउनु पर्छ । आन्दोलनकारीहरुलाई बेलैमा बार्तामा ल्याएर मागहरु पूरा गर्न सबै पक्षले तत्परता देखाउनु पर्दछ ।
देशकोे अवस्थालाई राम्ररी नियाल्दा के देखिन्छ भने जनता परिवर्तन खोजिरहेका छन् । सत्ताधारीले त बुझेन बुझेन प्रतिपक्षले पनि जनताका समस्या बुझ्न सकेन । प्रतिपक्षले पनि जनताका समस्यालाई बुझेर व्यवहार गर्न जानेन र सत्ताधारीको जस्तै व्यवहार गर्छ भने सत्ताधारी संगै सती जाने स्थिति आउन सक्छ । युवा संघले सात गते गरे जस्तो गल्ती अब नदोर्याउनु हितकारी हुन्छ । गणतन्त्र जोगाउने ठेकेदारी तिम्रो मात्र हैन । गणतन्त्रले जनतालाई के दियो ? राष्टको कति हित गर्यो ? कतिलाई रोजगारी दियो ?के गरिवी हटाउन सक्यो ? देशमा शान्ति अमनचयन ल्यायो त ? महंगी कत्तिको नियन्त्रण गर्यो ? विकासको रफ्तार कति बढायो ? देशलाई सम्पन्न बनाउने कति कामको थालनी गर्यो ? जनताको थाप्लोमा चढेको ऋण कति कम भयो ? यो कुरा युवा संघले अव बुझ्नु पर्यो ।
गणतन्त्र जोगाउने ठेक्का लिने मात्र हैन जनताका समस्या समाधान कसरी गर्ने भन्ने बारेमा चिन्तन गर्नु पर्यो । प्रतिपक्षले पनि काम नगरेका कारण दुर्गा प्रशाईहरु जन्मन पुगेको यथार्थतालाई स्वीकार्नु पर्यो । गणतन्त्रले के गर्यो त? जनताको जनजीविकालाई सहज बनायो त ? यो गणतन्त्रले मात्र त केही नगर्दौ रहेछ । परिवर्तन त देशमा धेरै भए नी ७ साल, १७ सालमा, ३६ मा, ४७ मा । ६३ मा त राजतन्त्र फालेर गणतन्त्र नै ल्याइयो तर के फरक भयो त जनताको जनजीविकामा ? एक तन्त्र, दलीय तन्त्र, राजतन्त्र, गणतन्त्र सबै देखे नेपाली जनताले । यी सबै परिवर्तन त जनताकै बलमा आएका थिए । परिवर्ततन पछि त जनताको जीवन फेरिनु पर्यो नि त्यो हुन सकेन । केही नेता, केही कर्मचारी, केही व्यपारीको जीवनस्तर बदलियो होला । आम जनताको अवस्था त फेरिएन नि । अवको आन्दोलनले जनताको अवस्था फेरिनु पर्यो । जनताको मुहारमा मुस्कान ल्याउनु परयो ।
प्रकाशित :२०८० मंसिर १३, बुधबार ०६:४०
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%