फागुनसम्म रोकियो कर्मचारीको सरुवा, पदस्थापन

सरकारले राजपत्र अनंकित द्वितीय श्रेणी अर्थात खरिदार वा सोसरहका कर्मचारीको सरुवा तथा पदस्थापन आगामी फागुन मसान्तसम्म स्थगन गरेको छ ।

Advertisement 1

लामो समयदेखि सुगम स्थानमा रहेर काम गरिरहेका तर कर्मचारी बढुवा प्रयोजनका लागि मात्र दुर्गम स्थानका निकायमा सरुवा भई जाने क्रम बढेपछि फागुन मसान्तसम्म खरिदार कर्मचारीको सरुवा तथा पदस्थापन रोकिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बताएको हो।

सामान्यका अनुसार लोक सेवा आयोगको वार्षिक कार्यतालिका बमोजिम नायव सुब्बा वा सो सरहको पदहरूमा विज्ञापन प्रकाशित हुने (खुल्ला प्रतिस्पर्धा तथा बढुवा) समय पुस महिनामा छ । सो अघि बढूवा खानका लागि मात्र दुर्गममा सरुवा भएर जाने प्रवृत्ति बढेको र बढूवा लगतै फेरि सुगममै फर्किने विकृतीलाई रोक्न भन्दै सरकारले फागुन मसान्तसम्मका लागि राजपत्र अनंकित द्वितीय श्रेणीका कर्मचारीको सरुवा रोकेको जनाएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै मन्त्रालय, आयोग, सचिवालय र कार्यालयलाई त्यसबारे जानकारी गराएको हो ।

Advertisement 2

जारी परिपत्रमा भनिएको छ, ‘बढुवा सूचना प्रकाशित हुनुभन्दा तत्काल अगाडि राजपत्र अनंकित द्वितीय श्रेणी खरिदार वा सो सरहको पदको सरुवा गरी पठाउँदा लामो समयदेखि दुर्गम स्थानमा बसि सेवा गरिआएका कर्मचारीलाई बढुवा प्रयोजनार्थ मर्का पर्ने भनी विभिन्न सरोकारवाला पक्षबाट गुनासो आएको हुँदा खरिदार वा सो सरहको पदको कुनै पनि निकायमा सरुवा, पदस्थापना गर्ने कार्य यही फाल्गुन मसान्तसम्मको लागि स्थगित गर्न गराउन जानकारी गराइन्छ ।’

प्रकाशित :२०८० मंसिर १२, मंगलवार १९:१३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry