सशस्त्र प्रहरी बलद्धारा हतियार र राउण्ड वरामद
सप्तरी । सशस्त्र प्रहरी बल सप्तरीले हतियार बरामद गरेको छ ।
सप्तरी जिल्लाको वलान विहुल गाउँपालिका ४ वेल्ही वोर्डरमा सशस्त्र प्रहरी बल नेपाल विओपि. वेल्हीबाट खटिएको पैदल गस्ती टोलीले हतियार बरामद गरेको हो ।
विशेष सुचनाको आधारमाल चेकजाँच गर्ने क्रममा नेपालबाट भारततर्फ जादै गरेको नम्बर नखुलेको मोटर साईकलमा सवार २ जना अपरिचित व्यक्तिहरुले कपडाको पोका फ्याकी व्यक्तिहरु मोटर साईकल चलाई फरार भएकोमा पोका खोली हेर्दा पेस्तोल थान १ र ऐ.को राउण्ड २ गोटा वरामद गरी आवश्यक कार्वाहीको लागी जिल्ला प्रहरी कार्यालय सप्तरी राजविराजमा बुझाईएको छ।
प्रकाशित :२०८० मंसिर ११, सोमबार १५:३८
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%