सीमा समस्याका विषयमा सीमाका वडा अध्यक्षहरूसँग अन्तरक्रिया

नेपाल भारतको सिमानासँग जोडिएको मधेश प्रदेशका वडा अध्यक्षहरूसँग सीमा व्यवस्थापनका विषयमा सशस्त्र प्रहरी बल नेपालले आज छलफल गरेको छ ।
Advertisement 1
महोत्तरी जिल्लाको छिन्नमस्ता बाहिनी बर्दिबासमा आयोजना गरिइएको “सीमावासीसँग सशस्त्र प्रहरी” कार्यक्रममा सीमा क्षेत्रमा भएको समस्या सहितका अन्य विविध विषयहरूमा सिमानासँग जोडिएका विभिन्न पालिकाका वडाध्यक्षहरूले सशस्त्र प्रहरी बलको ध्यानाकर्षण गरेका छन् ।
Advertisement 2
मधेश प्रदेशका सिमानासँग जोडिएका १४३ वडाध्यहरुलाई सशस्त्र प्रहरीले आमन्त्रण गरेर सीमा व्यवस्थापनको विषयमा पहिलो पटक छलफल गरेको छ । मधेश प्रदेशका ८ जिल्लासँग नेपाल भारतको खुल्ला सिमानाको क्षेत्रफल ४६१.८ किलोमिटर रहेको छ ।
नेपाल भारतको बीचमा विशिष्ट सांस्कृतिक सम्बन्ध रहनुका साथै दुवै देशका नागरिक नागरिकका बीचमा पारिवारिक सम्बन्ध रहेकोले यस प्रदेशको विशिष्टता अनुसार नै सीमाको वैज्ञानिक र व्यवहारिक व्यवस्थापन हुनु पर्ने आवाज उठेको छ ।
Advertisement 3
सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाल र वडाध्यक्ष मध्येका सबैभन्दा ज्येष्ठ वडाध्यक्षको रुपमा कार्यक्रममा सहभागी रहनु भएका सप्तरी जिल्लाका तिलाठी कोईलाढी गाउँपालिका वडा नंं १ का वडाध्यक्ष वर्ष ७७ का दिनेश्वर मिश्रले अन्तरक्रियाको संयुक्त रुपमा उद्घाटन गरे ।
मधेश प्रदेशस्थित नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीमा सम्पन्न कार्यक्रममा सो बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक दिपेन्द्र शाह, सिमावर्ती ईलाकाका सशस्त्र प्रहरी बल नेपालका कार्यालय प्रमुखहरुलगायत सरोकारवाला निकायहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक दीपेन्द्र शाहले सशस्त्र प्रहरी बल, नेपालको औचित्यता प्रष्ट पार्नुहुँदै राज्यद्वारा प्रद्धत्त कार्यादेश मध्ये देशको अन्तर्राष्टिय सीमानाको सुरक्षा उच्च प्राथमिकतामा रहेको बताउनुभयो ।
यसैगरी कोशी प्रदेशस्थित नं. १ बराह बाहिनी मुख्यालय सुनसरीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक अञ्जनीकुमार पोख्रेल, नं. ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक लक्ष्मणबहादुर सिंह, नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्कीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक कालिदास धौबजी, नं. ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देहीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक अभिकुमार खत्री र नं. ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक कुमार न्यौपानेको उपस्थितिमा सीमावर्ती
वडाका वडाध्यक्षहरुसँग अन्तरक्रिया कार्यक्रम समेत सम्पन्न भएको छ ।
कोशी प्रदेशको भारत र चीनसँग सीमा जोडिएको ८३, मधेश प्रदेशको १ सय ४३, बाग्मती प्रदेशको २३, गण्डकी प्रदेशको १८, लुम्बिनी प्रदेशको ८९ र सुदूरपश्चिम प्रदेशको ७८ वटा वडाका अधिकांश वडाअध्यक्षहरु उपस्थिती रहेको थियो । गण्डकी प्रदेशको मुस्ताङ, मनाङ र गोर्खाका सीमा जोडिएका वडाका वडाध्यक्षहरुसँग प्रत्यक्ष भिडियो मार्फत अन्तरक्रिया गरिएको थियो भने कर्णाली प्रदेशस्थित सीमावर्ती वडाका वडाध्यक्षहरुसँग निकट भविष्यमा अन्तरक्रिया कार्यक्रम गरिने योजना रहेको छ । सशस्त्र प्रहरी बल, नेपालले अन्तर्राष्ट्रिय सीमा जोडिएका वडाका वडाध्यक्षहरुको संयोजकत्वमा ३ सय २६ वटा सीमा सहजिकरण समिति गठन गरी कार्य प्रारम्भ भईरहेको र यसलाई थपा प्रभावकारी बनाउन ‘सीमाबासीसँग
सशस्त्र प्रहरी’ कार्यक्रमको सुरुवात गरिएको हो ।
कार्यक्रममा उपस्थित वडाका वडाध्यक्षहरुले सशस्त्र प्रहरी बल, नेपालको सीमा सुरक्षा व्यवस्थापन भएका गतिविधिको सराहना गर्नुहुँदै सीमामा देखा परेका समस्या, स्थानीय जनताले भोग्नुपरेका कठिनाईलगायतका विषयमा जानकारी गराउनु भएको थियो ।