निमित्तका भरमा १८९ स्थानीय तह,मन्त्रीकै गृहजिल्लाको ८ नगरपालिकामा ‘निमित्तकै राज’

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी अनिता देवीले पाएसँगै झनै भद्रगोल बन्न पुगेको सामान्यका अधिकारीहरुले जनाएका छन् । कुनै गतिलो राजनीतिक पृष्टभूमि नभएकी जनमत पार्टीको सचिव समेत रहेकी साह राजनीतिमा लाग्नु अघि गैरसरकारी संस्था र समाजसेवामा सक्रिय थिइन्।

Advertisement 1

गत स्थानीय तहको निर्वाचनमा उनी जनकपुर उपमहानगरको मेयरमा पराजित भएकी थिइन्। गतिलो राजनीतिक पृष्टभूमि नभएकी अनिताले सम्हालेको मन्त्रालयमा कर्मचारी खटन पटनको काम अवैतनिक सल्लाहकारदेखि मन्त्रीका पति र भाईहरुले गर्न थालेपछि स्थानीय तहमा झनै विकृती बढेको सामान्य प्रशासनका अधिकारीहरु बताउँछन् ।

मन्त्री साहको अवैतनिक सल्लाहकार रुपमा मन्त्रालयमा भित्र्याइएकी छिन्,बुद्धि न्यौपानेलाई । उनै बुद्धिका अलवा त्यहाँ मन्त्रीका श्रीमान सञ्जय साहदेखि उनको (मन्त्री) भाइ नवरतन साह ‘स्वकीय अधिकृतको जिम्मेवारीमा छन् । यस्तै सामान्यका अर्काे हर्ताकर्ता बनेका छन्,कमलप्रसाद चुँडाल यी तीन मिलेर कर्मचारी सरुवामा बदमासी गर्न थालेको आरोप सामान्यकै कर्मचारीहरुले लगाउँदै आएका छन् ।
मधेशका अधिकांश स्थानीय तहमा निमित्तकै खेती चलाउन दिएर उनीहरुले बदमासी गरिरहेको देखिन्छ । सामान्यको तथ्यांक अनुसार,देशैभरका १८९ स्थानीय तह निमित्तका भरमा छन् । जसमा मधेसका मात्र ५५ स्थानीय तहले चलाइरहेका छन् । पूर्व मन्त्री अमनलाल मोदीले मधेशमा निमित्त सबै हटाएका थिए । उनको कार्याकालमा झण्डै एक सय स्थानीय तहमात्र निमित्तको भरमा रहेकोमा अहिले सुदूरपश्चिमका ४७ र कर्णालीका ३५ गरी १८९ स्थानीय तह निमित्तका भरमा छन्।

Advertisement 2

मन्त्री साहकै जिल्ला धनुषाका १८ वटा स्थानीय तह रहेका छन् । जनकपुर उपमहानगरपालिकासहित त्यहाँ १२ वटा नगरपालिका रहेकोमा ८ वटा निमित्तकै भरमा चलिरहेका छन् । जिल्लाको विदेह नगरपालिका, शहिदनगर नगरपालिका, क्षिरेश्वनाथ नगरपालिका, हंसपुर नगरपालिका पनि निमित्तकै भरमा चलेका छन् ।

मन्त्रालयका अनुसार मन्त्री अनिता देवीले जिम्मेवारी सम्हालेपछि मधेस प्रदेशमा धेरै निमित्त प्रमुख प्रशासकीय अधिकृत तोकिएका छन् । कतिपय शाखा अधिकृतलाई दुई पालिका हेर्ने गरी जिम्मेवारी तोकिएको छ ।

Advertisement 3

निमित्तले चलाएको स्थानीय तहमा तुलनात्मक रूपमा बढी बेथिति हुने गरेको विभिन्न अध्ययनले देखाएको छ ।

प्रकाशित :२०८० मंसिर १०, आईतवार १५:२६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry