संवैधानिक परिषदमा सरकारको बहुमत नहुँदा नियुक्ति प्रभावित
सत्ता समीकरणमा फेरबदल आएसँगै संवैधानिक परिषदमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अल्पमतमा पर्ने भएका छन् ।
Advertisement 1
प्रधानमन्त्रीको अध्यक्षता रहने संवैधानिक परिषदमा प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रमुख विपक्षी दलका नेता र उपसभामुख सदस्य हुन्छन् ।अहिलेको संरचना अनुसार संवैधानिक परिषदमा अध्यक्ष प्रचण्ड, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र उपसभामुख इन्दिरा राना रहेका छन् ।
सरकारी कार्यालय, संवैधानिक निकाय, अदालतको लेखा परीक्षण गर्ने जिम्मेवारी पाएको महालेखा परीक्षकको कार्यालय ६ महिनादेखि प्रमुखविहीन छ। संविधानको धारा २८४ (३) मा संवैधानिक निकायका पदाधिकारीको पद रिक्त हुनुभन्दा एक महिनाअगाडि नै नियुक्तिका लागि सिफारिस हुनुपर्ने व्यवस्था छ।
Advertisement 2
तर सरकारले सवैधानिक व्यवस्था अनुसार काम नगर्दा महालेखा परीक्षकलगायत अन्य संवैधानिक पद लामो समयदेखि रिक्त छन्। संवैधानिक परिषद्ले संवैधानिक आयोगमा पदाधिकारी नियुक्तिका लागि सिफारिस गर्ने व्यवस्था छ। १६ जनाले निवेदन परे पनि अहिलेसम्म संवैधानिक परिषद्को बैठक बस्न सकेको छैन। संवैधानिक परिषद्को बैठक प्रधानमन्त्रीले बोलाउनुपर्छ। तर संवैधानिक परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले बैठक बोलाएका छैनन्।संवैधानिक परिषद्मा एमाले पक्षधरको बहुमत छ। यसैकारण प्रधानमन्त्री दाहालले बैठक बोलाउन आनाकानी गरेका हुन्।
महालेखा परीक्षकका लागि १६ जनाले आवेदन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार महालेखा परीक्षक बन्न बहालबाल सचिवदेखि सेवा निबृत्त सचिवसम्मले आवेदन दिएका छन् ।बहालबाल ३ सचिवदेखि सेवा निबृत्त सचिवगरी १६ जनाको आवेदन परेको हो ।
Advertisement 3
महालेखापरीक्षक बन्न बहालवाला सचिवहरु महेश्वर काफ्ले, वामदेव शर्मा अधिकारी र तोयम रायले आवेदन दिएका छन् । काफ्ले कार्यालयकै कार्यबाहक महालेखापरीक्षक छन् भने अधिकारी उपमहालेखापरीक्षक हुन् । अर्का सचिव राय भने हाल राष्ट्रिय तथ्यांक कार्यालयमा छन् ।
यस्तै, महालेखापरीक्षक बन्न पूर्व सचिवहरु शिशिरकुमार ढुंगाना, गोपीनाथ मैनाली, रामशरण पुडासैनी, हरि बस्याल, शंकर खरेल, रामप्रसाद थपलिया, राममाया कुँवर र बाबुराम गौतमले समेत आवेदन दिएका छन् । आवेदन दिएका ८ जना पूर्व सचिवमध्ये कुँवर र गौतम कार्यालयकै सेवाविवृत्त कर्मचारीहरु हुन् ।
महालेखापरीक्षककै लागि हाल सहसचिव पदमा कार्यरत वैकुण्ठबहादुर अधिकारी र चन्द्रकान्त भण्डारीले समेत आवेदन दिएका छन् । महालेखापरीक्षक कार्यालयबाटै सेवानिवृत्त भएका सहसचिव अशोक कार्कीले पनि आवेदन दिएका छन् । यस्तैगरी, चार्डर्ट एकाउन्टेन सुबोधकुमार कर्ण र हरि सिलवालले समेत आवेदन दिएका छन् ।