गृहको गोप्य रिर्पोट :-कम्युनिष्ट पार्टी मिले २०,एक्लै चुनाव लडे प्रत्यक्षमै काँग्रेसको ७८ सिट

गृह मन्त्रालयले आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधि सभामा कुन दलले कति सिट ल्याउँछ भन्ने रिर्पोट तयार पारेको छ । प्रहरी प्रशासनदेखि गुप्तचरसम्म लगाएर तयार पारिएको उक्त रिर्पोट गृहमन्त्री बालकृष्ण खाँणले काँग्रेसको केन्द्रीय समितिको बैठकमा समेत प्रस्तुत गरेका थिए ।
उक्त रिर्पोट अनुसार,आगामी निर्वाचनमा कांग्रेस पहिलो दल हुने छ । गठबन्धन नगरी एक्लाएक्लै निर्वाचनमा गएको खण्डमा काँग्रेसले देशभर ७७ सिट जित्ने रिर्पोटमा उल्लेख गरिएको छ । यस्तै एमालेले ७० स्थानमा जित्ने रिर्पोटमा देखाइएको छ ।
यस्तै गठबन्धन विना निर्वाचनमा गएको खण्डमा माओवादीले देशभरबाट जम्मा आठ सिटमात्र जित्ने र जसपाले ४ सिट र लोसपाले २ सिट जित्दा एमालेृ विभाजन गरेर बनेको नयाँ दल एकीकृत समाजवादीले भने जम्मा एक सिटमात्र जित्ने रिर्पोटमा उल्लेख गरिएको छ ।
यस्तै नेपाली कांग्रेस र माओवादीबीच गठबन्धन गरेर चुनाव लड्दा १०९ सिट गठबन्धनले जित्ने प्रक्षेपण गरेको छ। कांग्रेस र माओवादीको गठबन्धनविरुद्ध एमाले र एकीकृत समाजवादी(राप्रपा मिले प्रतिनिधिसभाको ५६ र प्रदेशसभाको १११ सिट जित्ने रिपोर्टमा उल्लेख छ।
यस्तै वाम गठबन्धन भएको खण्डमा कांग्रेसको जम्मा २० सिट ल्याउने अनुमान छ।
Advertisement 1
गृह मन्त्रालयले तयार गरेको गोप्य प्रतिवेदन अनुसार एक्ला एक्लै राजनीतिक दलहरु चुनावी प्रतिष्प्रर्धामा होमिए काँग्रेस एक्लैले ७८ सिट प्रत्यक्षतर्फ जित्ने छ । यस्तै वामपन्थी दलहरुबीच एकता वा तलमेल भएमा काँग्रेस जम्मा २० सिटमा खुम्चने प्रतिवेदनमा उल्लेख गरिएको छ ।
गृहले तीन थरी रिर्पोट तयार पारेको छ । काग्रेस र माओवादीका वीचमा गठबन्धन निर्माण भए उसले प्रत्यक्ष तर्फको १०९ स्थानमा जित्ने समेत रिर्पोटमा उल्लेख गरिएको छ ।
त्यस्तै प्रदेश सभातर्फ कांग्रेस माओवादी गठबन्धनले २१९ स्थानमा जित्ने उस्ले हिसाव तयार पारेको छ । कंथ वामदलहरुबीच चुनावी तालमेल भएमा कूल १६५ स्थानमध्ये काँग्रेसले जम्म २० सिटमात्र जित्ने प्रक्षेपण गरिएको छ ।