वीर र ट्रमाको निर्देशकमा क कस्को चर्चा ?

वीर अस्पतालको निमित्त निर्देशकको जिम्मेवारी डा शान्ता सापकोटालाई दिइएको छ। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति डा डिएन साहले डा सापकोटालाई निमित्त निर्देशकको जिम्मेवारी दिएका हुन्।
अस्पतालका निर्देशक डा केदार सेञ्चुरीको कार्यकाल सकिएकाले अस्पतालको दैनिक कामकाज चलाउन डा सापकोटालाई निमित्तको जिम्मेवारी दिइएको हो। उनलाई अर्को व्यवस्था नभएसम्मका लागि निमित्तको जिम्मा दिइएको हो । ऐनेस्थेसियोलोजिष्ट डा सापकोटा अस्पतालकी वरिष्ठ डाक्टरमध्ये पर्छिन्।

Advertisement 1

अस्पतालको निर्देशकका लागि धेरै जना आकंक्षी भएकाले तत्काले निर्देशक नियुक्ती हुने सम्भावना कम भएको भन्दै उनलाई अर्को व्यवस्था नभएसम्मका लागि निमित्तको नियुक्ती दिइएको हो। डा सेञ्चुरीको कार्यकाल सकिँदै गर्दा वीर अस्पतालमा नयाँ निर्देशक को बन्ने भन्ने चर्चा सुरु हुन थालिसकेको छ।

डा सेञ्चुरी आफैँ पनि फेरि निर्देशक बन्न इच्छुक रहेको वीर अस्पताल स्रोतले जानकारी दिएको छ।

Advertisement 2

तर उनी २०७८ साल बैशाख ४ गतेदेखि ६० वर्ष पुरा हुने भएकाले उनको स्वास्थ्य सेवा ऐन २०६३ को दफा ४५ को उपदफा १ बमोजिम अनिवार्य अवकाश पाउनुपर्ने हुन्छ। अवकास पाउने भएपछि उनी आफ्नो सेवाअवधि थप गर्ने खेलमा पनि लागेका छन्।

यस्तै स्वास्थ्य सेवा ऐनको दफा ४५ को उपदफा २ अनुसार सरकारले अत्यावश्यक भएमा साठी वर्ष पछि पनि तीन वर्ष अवधि थप्न सक्ने व्यवस्था छ। सोही व्यवस्थालाई टेकेर डा सेञ्चुरी न्याम्सका उपकुलपति डिएन साह र सहकुलपति एवं स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठी समक्ष फागुन १० गते नै निवेदन लिएर पुगेका थिए। तर डा सेञ्चुरीको जस्तै विशेषज्ञता भएका डाक्टर नेपालमा पर्याप्त मात्रामा भएका कारण उनको सेवाअवधि थप्न आवश्यक नरहेको वीरका कर्मचारी बताउँछन्।

Advertisement 3

वीर अस्पतालमा दुईवर्षको कार्यकालमा डा सेञ्चरीले अनियमितता गरेको उजुरी परेको र सो विषयमा छानवीन चलिरहेकाले न्याम्सका उपकुपति र स्वास्थ्य मन्त्री डा सेञ्चुरीको कार्यकाल थप गर्ने पक्षमा नरहेको स्रोतको भनाइ छ।

वीर असस्पतामा निर्देशक पदमा डा सेञ्चुरी बाहेक पुर्व निर्देशक प्राडा भुपेन्द्र बस्नेत, आकस्मिक सेवा विभागका प्रमुख डा विष्णु बहादुर बस्नेत, नाक, कान घाँटी रोग विभागका प्रमुख डा दिपेन्द्र श्रेष्ठ, डा रमिला श्रेष्ठ, डा इन्द्र कुमार झा, डा सन्जय ठाकुर, डा रुद्र मरासानी र डा दिपक दत्त आकांक्षी रहेको स्रोतको भनाइ छ।

तर न्याम्सका उपकुलपति डा साह भने डा भुपेन्द्र बस्नेत र डा दिपेन्द्र श्रेष्ठ मध्ये एकजनालाई वीर अस्पतालको निर्देशक बनाउनुपर्ने पक्षमा रहेको बताइएको छ।

न्याम्सका उपकुलपति डा साह डा भुपेन्द्र र डा दिपेन्द्र मध्ये एकजनालाई निर्देशक बनाउनुपर्ने भनेर सिफारिस गर्ने तयारीमा रहेको र डा साहको यो कदममा वीर अस्पतालका अधिकांश कर्मचारी र चिकित्सकहरुले पनि सहमति जनाएको स्रोतको भनाइ छ। यसका साथै भरतपुर अस्पतालमा रहँदा राम्रो व्यवस्थापन गरेका डा मरासिनीका विषयमा पनि न्याम्स पदाधिकारी सकारात्मक रहेको बताइन्छ।

यसैगरी, राष्ट्रिय ट्रमा सेन्टरमा पनि नयाँ मेडिकल सुपरिटेन्डेन्ट नियुक्त गर्ने विषय चर्चामा रहेको छ। ट्रमामा ११ औं तहको मेसु रहनुपर्ने नियम भएपनि हाल १० औं तहका डाक्टर सन्तोष पौडेल निमित्त मेसुको जिम्मेवारीमा रहेका छन्।

निमित्त मेसुको जिम्मेवारी पाएका डा पौडेलविरुद्ध पनि अनियमितता गरेको भन्दै प्रधानमन्त्रि कार्यालय, अख्तियार, राष्ट्रिय सतर्कता केन्द्र र स्वास्थ्य मन्त्रालयमा उजुरी समेत परिसकेको छ।

न्याम्सका उपकुलपति डा डिएन साहले ट्रमा सेन्टरमा पनि ११ औं तहको बरिष्ठ चिकित्सक वा प्राडा मध्यबाट एकजनालाई मेसुको रुपमा नियुक्त गर्ने तयारी गरीरहेको स्रोतले जानकारी दिएको छ। ट्रमा सेन्टरमा मेसुको पदमा डा रुद्र मरासिनी, डा दिपक दत्त र डा राजेश चौधरीको नाम चर्चामा छ।

प्रकाशित :२०७७ चैत्र २, सोमबार ०९:५७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry