दूधको ७ अर्ब रूपैयाँ भुक्तानीको माग गर्दा किसान पक्राउ

काठमाडौं। किसानले दूधको रकम भुक्तानी गर्न माग गरेका छन्। आफूले बेचेको दूधको मूल्य पाउनुपर्ने माग गर्दै आज उनीहरुले केन्द्रीय दुग्ध सहकारी संघको नेतृत्वमा दुग्ध विकास संस्थान लैनचौर अगाडि विरोध प्रदर्शनसमेत गरेका छन्।

Advertisement 1

संघका केन्द्रीय कोषाध्यक्ष बालकृष्ण उप्रेतीले दुग्ध विकास संस्थानले किसानको सात महिनाको दूधको रकम भुक्तानी गर्न बाँकी रहेकाले दूधको मूल्य माग गर्दै विरोधमा उत्रिनुपरेको बताए। उनका अनुसार देशभरका किसानले दूध बिक्रिवापत् झण्डै ७ अर्ब रूपैयाँ भुक्तानी पाउन बाँकी छ। दुग्ध विकास संस्थानबाट मात्र २ अर्ब ५० करोड रूपैयाँ भुक्तानी लिन बाँकी रहेको छ।

संस्थानका निमित्त महाप्रबन्धक एवम् सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीले दूधबाट बनेका परिकार बिक्री नभएका कारण किसानको रकम भुक्तानी गर्न समस्या भएको बताए। ‘किसानको रकम चाँडो भुक्तानी गर्न निर्यातको सम्भावित क्षेत्र खोज्न थालेका छौँ, दुई महिनाभित्र किसानको समस्या समाधान हुन्छ,’ उनले भने। दूधको भुक्तानी रकम माग गर्दै संस्थान पुगेका ४० भन्दा बढी किसानलाई प्रहरीले पक्राउ गरेको छ।

प्रकाशित :२०८१ असार ५, बुधबार १७:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry