सुब्बा लामाको रेकर्ड ब्रेक

रसुवा जिल्लाबाटै पहिलोपल्ट एसएलसी र आइए तह उर्त्तीण गरेर रेकर्ड राखें । र, जिल्लाकै पहिलो होटल सञ्चालकको रुपमा आफूलाई उभ्याए । रसुवाको राजनीति र सुब्बा लामा पर्यावाची शब्द हुन। एक विना अर्को अधुरो र अपूरो । इतिहास तिनैको लेखिन्छ जस्ले क्रमभंग गर्दछ । हो, यस्तै रेकर्ड कायम गर्ने व्यक्ति हुन् उनी । जस्ले रसुवा जिल्लाबाटै पहिलोपल्ट एसएलसी र आइए तह उर्त्तीण गरेर रेकर्ड राख्यो । र, जिल्लाकै पहिलो होटल सञ्चालकको रुपमा आफूलाई उभ्याए।
Advertisement 1
त्यही शैलीमा रसुवाबाट चुनावी मैदानमा होमिन आइपुगेका नुवाकोट, गेर्खुका डिबी लामा । जो सबैभन्दा विवाद्स्पद् आइजीपी । उनैसँग चुनावी मैदानमा होमिए र ६८ मतले पराजय बेहोरे । जुन दिन चुनाव जिते सोही दिन डिबी लामाले रसुवाली जनतालाई एक ट्रक घाँस हालें भन्दै राजधानी भरेका उनी चुनाव जिते पछि एक पटक पनि फर्किएनन् रसुवा । यो यस्तै पर्यटक नेताहरुका कारण रसुवा सदैव वत्तिमुनिको अध्यारोको नियती भोगेर हाँसिरहेछ, बाँचिरहेछ । यस्ता पात्र अहिले रसुवाको राजनीतिबाट गुमनामझैँ छन् । हामीले खोजी गर्दै पुग्यौं उनीसम्म । र केलाउने प्रयास गर्यौ उनका जीवनक केही पत्र । हामीले फर्काउने प्रयास गर्यौ उनका वालापन । आखिर कस्लाई पो प्रिय नहुँदो हो वालापन ? आजभन्दा ७२ बर्ष अघि रसुवाकै सानो भार्खुमा जन्मिएका हुन उनी । बुबा ढिड्टु वाङ्दी र माता निमा लेम्जिङको कोखबाट जन्म भयो ।
किसानको छोरा । बाल्यकाल बिते भेडी गोठ र चौरी गोठ गर्दै । भेडा र चौंरी चराउँदै। स्कूलका शब्द र अक्षर कम र भेडा र बाख्रा धेरै गनेर बिताए बालापन । दाजु पहिलेदेखि नै राजनीतिमा होमिएका । पञ्चायत कालका जिल्ला सभापती । तर भाई भेडी र चौरी गोठमा अल्झिएको देखे पछि एक दिन तत्कालिन जिल्ला शिक्षा अधिकारी दिलदास थापाको मन पोलेछ । उनले दाजु दावा फिन्जो लामालाई सम्झाए । हो त्यही दिन उनले घरमै औपचारिक शिक्षा घरबाटै लिने साइत जुर्यो । गोठालोबाट उनको यात्रा मोडियो खरिपाटीमा । तर घर परिवारका सबैले त्यो कुरा बुझ्ने अबस्था थिएन । भेडा बाखा छाडेर छोरा खरिपाटीमा रमाएको देखेपछि उनको पढाई छोडाउन दबाब आउन थाल्यो । त्यो दबाबलाई छिचोल्न उनी घरै छाडेर भागे ।
Advertisement 2
भुटानको वसाई
घरबाट भागेर उनी पुगे भुटानको पारु भन्ने ठाउँ पराईको ठाउँ । न त भाषा, न भेष मिल्थ्यो । पापी पेटको सवाल थियो । कस्ले दिन खान ? काम खोजे । कस्ले दिने काम ? केहि काम नपाएपछि पेट पाल्नकै लागि कुल्ली काम नै गरे । रसुवाको लेकमा जन्मिएका उनी त्यो तातो मरभुमीजतो ठाउँमा कुल्लीको काम गरेर कसरी टिक्न सक्थें ?
Advertisement 3
त्यो काम छाडें र फेरि खोजे अर्को काम । भौतारिँदै हिडिरेहका थिए । पछाडिबाट कसैले कान्छा भनेर बोलाएको सुनें । फर्किएर हेरें । त्यो मान्छेले काम खोजेको हो ? भनेर सोध्दा उनलाई ढुङ्गा खोज्दा देउता मिलेझैँ लाग्यो । काम दिने देवता बनेर उनका अगाडि आइपुगेका थिए भिपी घिसीङ । जो त्यहीँको सरकारी कर्मचारी, नेपाली मुलका ।
खाना पकाउने र सरसफाइ गर्ने काम पाए । उनले रसुवाको मान्छे कसरी भुटान आइपुग्यौं भनेर सोधें । उनले सबैकुरा बताए। बताए आफ्ना रहर, इच्छा र आकांक्षाहरु । र त्यहाँ उनैले मिलाए शिक्षा दिक्षाको अवसर । त्यहाँ चिने राम्रोसँग सावा अक्षर । भन्छन, जीवन नियमले होइन संयोगले चल्दछ ।
यही संयोगले हो त्यो परदेशको ठाउँमा उनलाई भेटायो आफ्नै मामासँग । मामाले घर लैजान इच्छा जाहेर गरे । उनी पनि भुटान छाडेर मामाकै पछि लागे। मामा त्यो समय भारतको आसाममा लेवर काम गर्नुहुन्थ्यो । त्यहाँ पुगे पछि मामाले घरमा चिठ्ठी पठाउनुभयो । दाजु दावालाई पठाइएको चिठ्ठीमा सबै बेलिबिस्तार लगाइएको थियो । र उताबाट दाजुले प्रतिउत्तर पठाए चिठीको । तिम्रो शिक्षा दिक्षामा अब कुनै कसर बाँकी राख्दिन । तुरुन्त घर फर्किए । दाजुको कुरामा सुब्बालाई विश्वाश थिएन ।
केही दिनको अन्तरालमै शिक्षा कार्यालयबाट पनि पत्र आयो । पत्रको व्यहोरा थियो ४ जना विद्यार्थीका लागि कोटा छ । तिमी जसरी पनि फर्किए। र फर्किए उनी । बल्ल उनका लागि खुल्यो औपचारिक शिक्षा हासिल गर्ने बाटो। त्यो समयको निकै चर्चित स्कूल हो सिद्धार्थ बनस्थली । त्यही भर्ना भए ।
औपचारिक रुपमा शिक्षा नलिएका सुब्बाको दिमाग तेज थियो । अलिकति त उनले संगत पाएका भिपी घिसिङको । ६ कक्षामा भर्ना भए । ०२९ सालमा एस।एल।सी। उर्त्तीण गरे । र रेकर्ड राखे कि रसुवा जिल्लाबाट पहिलो एसएलसी उर्त्तीण व्यक्तिको रुपमा । उनीसँगै भर्ना भएका केही साथी आठ कक्षामा पढ्दै थिए । केहीले पढाई नै छाडिसकेका थिए । मनमा लागिरहेको थियो अब उच्च शिक्षा हासिल गर्दछु । तर अगाडि पहाड बनेर उभियो आर्थिक अभाव ।
स्थिती अहिलेजस्तो थिएन । जागिर खोज्दै खोज्दै आउँथ्यो । रसुवाको स्याफ्रुमा अध्ययन गराउने अवसर पाए। प्राचार्यको जिम्मेवारी । तर सिंगो गाउँ डुल्दा पनि २२ र २५ जना विद्यार्थी जम्मा गर्न गाह्रो जब उनी अध्यापन गराउन थाले गाउँलेहरुको उल्टै गाली खाल थाले । आफू पनि विग्रियो हाम्रा बच्चाहरुलाई पनि बिगादैछ भन्न थाले गाउँलेहरुले ।
विद्यार्थीहरु १ दिन विद्यालय आए भने दश दिन गयल हुन्थें ।फेरि घर गएर विद्यार्थीहरुलाई फकाएर ल्यायो । हालत उही ।दुई बर्षसम्म चल्यो यो क्रम । दिक्क लागेर जागिर छाडेर उनी हिडे राजधानी ।उच्च शिक्षा अध्ययनका लागि । आइए तहसम्मको अध्ययन पूरा गरेर उनी फर्किए आफ्नै जन्मभूमि । त्यही माटोमा उमार्नुथियो उनलाई सुन ।रसुवामा पर्यटकको राम्रो आगमन देखेपछि उनलाई होटल व्यवसाय गर्ने सोच पलायो । र रसुवाकै पहिलो होटलका रुपमा चन्दनवारीमा रेड पाण्डा होटल स्थापना भयो । ०३८ सालमा । समाज यही हो । ठाउँ यही । यहाँ कसैको प्रगतिमा खुट्टा तानिन्छ । अगाडि बढेको देखिसहन्नन् मान्छेहरु ।
यसरी उनको प्रगति देख्न सकेनन आफन्तहरुले नै । विदेशीले खाएको जुठा भाँडा माझेर बाबु बराजुको इज्जत माटोमा मिलायो भनेर कुरा काटे । कसैले भने यति धेरै पढेर पनि बुद्धि बिगार्यो । कोहीले सरकारी जागिर छाडेर भाडा माझ्ने काम गरेको भन्दै खिसिटियुरी गरे । कुन्ति मोक्तानको चर्चित गीत छ, म त हिड्छु मेरो बाटो खुट्टा तान्दै गर उनी हिडिरहे आफ्नो बाटो । सुनेनन् अरुका कुरा । सुनिरहे आफ्नै भित्रि मनको आवाज। तर समय सदैव कहाँ एउटै रहन्छ । त्यही व्यवसायले फेरियो उनको जीवनको नक्सा । हिजो कुरा काट्नेहरु प्रशशाको जलप लगाउन थाले ।
होटल व्यवसायले उनले छलाङ हानेको देखे पछि उनकै सिको गर्दै होटल खोल्नेहरु बढ्दै गए। सुनाए मेरो होटलको क्षमता ३४ जनाको हो। तर २५ जनाभन्दा बढी राख्दिन । बाँकी किन खाली ? हाम्रो प्रश्न झर्न नपाउँदै सुनाए बाँकी ९ जना पोटरको लागि छुट्टाएको । यी यस्ता मनकारी व्यवसायी हुन जो दुःखी भरियाहरुको लागि भनेर नि शुल्क खुवाउने बस्ने व्यवस्था गर्दछन् । यस्को शुरुवात उनीबाट भएको हो । उनले यही व्यवसायमा लागेर जीवनका ४ दशक व्यतित गरिसकेका छन् ।
उनको अनुभवले भन्छ, अहिले पर्यटन व्यवसाय नै धरापमा परेका छ । पर्यटकको संख्याभन्दा बढी होटल खोलिएका छन् । १ जना गोरा छाला भएका विदेशी भेटे पनि होटलवालाहरुको तानातान शुरु हुन्छ । यस्तो प्रवृत्ति एयरपोर्टदेखिनै शुरु हुन्छ र जिल्ला जिल्ला पुग्दा पनि पर्यटकहरु यस्तै व्यवहारका शिकार हुन्छन् । यस्तो प्रवृत्ति देख्दा पर्यटकलाई कति दिक्क लाग्दो हो ?
पर्यटक पनि सबै एकै खालको हुँदैनन् । केही यस्ता पर्यटक पनि देखे भेटेका छन उनले होटलमा भएको महँगो सामान नै उडाउने । टावेल, तन्ना, साबुनहरु पनि चोरेर लैजाने । यद्यपि सुब्बा लामा र उनको होटल जिल्लामा मात्र होइन विदेशीहरु बीच पनि परिचित छ। उनको होटलको नाम केही विदेशीको मुखमा झुण्डिएको छ । अमेरिकन नागरिक अन्ना स्टिर भन्छिन ” रसुवा जिल्लाको गोसाइकुण्डको यात्रा गर्दा सधै लामा दाईको रेड पान्डा होटलमा नै बस्छु ।”
आयरल्याण्डका चार्ली पनि रसुवा घुम्दा रेड पाण्डा होटल नै रोज्छिन् । आखिरी जिज्ञासा थियो हरेक पर्यटकलाई रेड पाण्डा होटलले मोहित ना पार्नुको राज के हो ? सुब्बा लामाले बी मुसुक्क हास्दै जबाफ फर्काए “सत्कार”।