महिलामाथि दुर्व्यवहार गरेको आरोपमा हुम्लाका डीएसपी निलम्बित

नेपाल प्रहरीका एसएसपी योगबहादुर पालको घटना सेलाउन नपाउँदै जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएसपी भीमलाल भट्टराई निलम्बनमा परेका छ्न् ।
Advertisement 1
रक्सी खाएर महिलामाथि दुर्व्यवहार गरेको उजुरीपछि उनलाई गृहमन्त्रालयले निलम्बन गरेको प्रहरी प्रवक्ता डीआईजी कुबेर कडायतले जानकारी दिए । सँगै उनलाई प्रहरी हेडक्वार्टरले जिल्ला प्रमुखको जिम्मेवारीबाट हटाएर कर्णाली प्रदेश प्रहरी कार्यालय तानिएको छ । हाल भट्टराईको ठाउँमा रवीन्द्र खनाललाई पठाइएको प्रहरी स्रोतले बतायो ।
डीएसपी भट्टराई यसअघि पनि महिला र मदिराका मामिलामा विवादमा परेर कारवाही भोगेका अधिकृत हुन् । २०७७ वैशाखमा इप्रका बुटवलमा हुँदा पनि कार्यालयमै मदिरा सेवन गरेको र आदेश पालना नगरेको अभियोगमा जिम्मेवारी खोसिएको थियो ।
प्रकाशित :२०८० कार्तिक ११, शनिबार ११:३६
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%