खोला किनारमा एक व्यक्ति मृत फेला

चितवन। पूर्वी चितवनको कयर खोला किनारमा एक पुरुषको शब फेला परेको छ। आज बिहान ११ः४५ बजे खैरहनी नगरपालिका–१ कयर खोला किनारमा रत्ननगर नगरपालिका–१४ का ६८ वर्षीय होमबहादुर परियार मृत अवस्थामा फेला परेका हुन्।
Advertisement 1
जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रभुषन यादवका आनुसार घटनाको थप अनुसन्धान सुरु गरिएको छ। परियारको शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ।
प्रकाशित :२०८३ श्रावण २६, मंगलवार १५:१२
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








