विद्युतमा २ अर्ब ३९ करोडको ठेक्का : ५४ प्रतिशत काम बझाङमा, सांसद जोशीको गम्भीर चासो
काठमाडौं। विद्युत् प्राधिकरणले गत वर्षदेखि नै अघि बढाएको विदुतीकरणको काममा ढिलाइ भएपछि बझाङका सांसदले गम्भीर चासो व्यक्त गरेका छन्। ४ जिल्ला, बैतडी, बझाङ, रुकुमपूर्व र रोल्पामध्ये सबैभन्दा बढी विद्युतीय पूर्वाधार निर्माणको काम बझाङमै रहेका तर अहिलेसम्म पनि काम अघि बढ्न नसकेकोप्रति सांसद भानुभक्त जोशीले गम्भीर चासो व्यक्त गरेका हुन्। उनले ईकर्मचारी डटकममा समाचार निरन्तर प्रकाशित भएपछि यस विषयमा अध्ययनका लागि कागजात माग गर्दै नेपाल विद्युत् प्राधिकरणको ध्यानाकर्षण गराउने बताएका हुन्।
Advertisement 1
निवर्तमान संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री समेत रहेका जोशीले सम्बन्धित निकायबाट पनि कागजात माग गरेर थप अध्ययन गरी सदनमा कुरा उठाउने बताए। ‘हामीले अहिले प्राधिकरणको ध्यानकर्षण गराउन सक्छौं,’ उनले भने, ‘बाँकी सदनमा कुरा उठाउने र आवश्यक परे संसदीय समितिमै बोलाएर ध्यानाकर्षण गराउछौं।’
४ जिल्लामा कुल २ अर्ब ३९ करोड रुपैयाँ लागत स्टिमेट गरिएको उक्त ठेक्काको आधाभन्दा बढी काम बझाङमा मात्रै छ। सोही कारण पनि जोशी अन्य जिल्लाका सांसदको तुलनामा बढी गम्भीर देखिएका हुन्। यही परियोजनाअन्तर्गत विद्युतीकरण हुने बैतडी सांसद एवं नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको जिल्ला हो।
Advertisement 2
त्यस्तै रुकुमपूर्व कांग्रेस सांसद कुसुमदेवी थापाको जिल्ला हो भने रोल्पा जनार्दन शर्माको जिल्ला हो। ४ वटै जिल्लामा गत वर्षदेखि अघि बढ्नुपर्ने विद्युतीकरणको काम प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङका कारण रोकिएको छ।
विद्युत् प्राधिकरणमा २ अर्ब ३९ करोडको ठेक्का : ‘ग्लोबल टेण्डर’मा कुलमानको बलमिचाइँ
Advertisement 3
२ अर्ब ३९ करोडको ठेक्का : कुलमान बलमिचाइँको ‘टाइमलाइन’
२ अर्ब ३९ करोडको ठेक्का : न्यायिक फैसला कार्यान्वयनमा कुलमानको अटेरी
२ अर्ब ३९ करोडको ठेक्का : कुलमानको बलमिचाइँप्रति सांसदहरुको प्रतिक्रिया
२ अर्ब ३९ करोडको ठेक्कामा कुलमानमाथि छानबिन माग, अख्तियारमा उजुरी