“ट्राफिकका हिरो” हाछेथु ललितपुर नगर प्रहरीको कमाण्डर
ट्राफिक प्रहरीमा कार्यरत रहँदा सेलिब्रेटी बनेका सीताराम हाछेथुलाई ललितपुर महानगरपालिकाले नगर प्रहरी बलको प्रमुखमा नियुक्त गरेको छ । उनले आइतबारदेखि ललितपुर महनगरको प्रहरी प्रमुखको रुपमा काम गर्न थालेका छन् ।
Advertisement 1
नेपाल प्रहरीका अवकाशप्राप्त प्रहरी निरीक्षक हाछेथुले ट्राफिक प्रहरीमा हुँदा धेरै सुधारका काम गरेका थिए । उनी कोटेश्वर, कालिमाटी, दरबारमार्ग र सातदोबाटोको ट्राफिक प्रमुख भएका थिए । उनी जहाँ जहाँको प्रमुख भए, त्यहाँ ट्राफिक जाम हटाउने कुरामा सफलता मात्र प्राप्त गरेनन्, भवन समेत बनाएर गए । इच्छा हुने हो भने संगठन प्रमुख नै हुनुपर्दैन, कार्यालय प्रमुखले पनि कार्यक्षमता प्रदर्शन गर्नसक्छ भन्ने उदाहरण हाछुथुले ट्राफिक प्रहरीमा कार्यरत हुँदा देखाएका थिए । ट्राफिक प्रहरीमा हुँदा उनले देखाएको क्षमता अब ललितुर महानगरमा पनि प्रदर्शन गर्न पुगेका छन् ।
ललितपुर महानगरमा १५ नगर प्रहरी छन् । अब ७२ पुर्याउने तयारी छ । जसको कमाण्ड हाछेथुले गर्नेछन् । उनी प्रहरी सहायक निरीक्षक९असई०, सई हुँदै इन्स्पेक्टरसम्म ट्राफिक प्रहरीमा कार्यरत रहे ।