सिमामा लत्ताकपडा तस्करी:- सशस्त्रको नियन्त्रण सधैभरि

सशस्त्र प्रहरी बलको ४ गणले सुनसरी जिल्लाको भारतसँग जोडिएको सीमामा निगरानी बढाएकाे छ । चाडपर्व नजिकिदै गरेपछी नेपाल र भारतको सीमामा कडाइ गरेको हो ।
Advertisement 1
सशस्त्र प्रहरी सुनसरीले आज सीमा इलाकाबाट भन्सार छली नेपाल भित्राइएका ६ लाख ३४ हजार २ सय १६ रुपैया बराबरको सामान बरामद गरेको छ । चाडवर्व नजिकिए संगै सीमा इलाकाबाट चोरी तस्करी तथा अपराधिक घट्ना बढ्न सक्ने भएकाले चाडपर्व लक्षित सुरक्षा योजना बनाइ सीमा इलाका तथा अन्य स्थानहरुमा रहेका युनिटहरुलाई प्रभावकारी रुपमा परिचालन गरिहेको छ । वि. ओ. पि. बसन्तपुर र सुरक्षा बेश भुटाहाबाट खटिएका टोलीले जिल्लाका भोक्राहा नरसिंह गाँउपालिका र हरिनगरा गाउँपालिकाको सीमा इलाकामा भारतीय बजारबाट लुकिछिपि भन्सार छलि नेपाल भित्राइएका लत्ताकपडा, किराना सामान र ओसारपसारमा संलग्न सवारी साधन समेत बरामद गरेको सशस्त्र प्रहरी नायव उपरीक्षक सुधिर खतिवडाले जानकारी दिए ।
उक्त बरामद सामान र सवारी साधन आवश्यक कारबाहीका लागि सुनसरी मुल भन्सार कार्यालय सेतुबन्धमा बुझाएको डीएसपी खतिवडाले जानकारी दिए ।
Advertisement 2