राष्ट्रिय वाणिज्य बैंकमा १४२ पदमा जागिर खुल्यो

काठमाडौं। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले विभिन्न तहका १४२ पदमा कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ।

Advertisement 1

बैंकले शुक्रबार सूचना प्रकाशित गर्दै खुला प्रतियोगितामार्फत वरिष्ठ प्रबन्धक, प्रबन्धक, उपप्रबन्धक, सहायक प्रबन्धक तथा वरिष्ठ सहायकलगायत विभिन्न पदमा स्थायी पदपूर्तिका लागि आवेदन मागेको हो।

सूचनाअनुसार वरिष्ठ प्रबन्धक १, प्रबन्धक २, उपप्रबन्धक ३, सहायक प्रबन्धक ५१, सहायक प्रबन्धक (कानुन) २, सहायक प्रबन्धक (सूचना प्रविधि) ३, सहायक प्रबन्धक (लेखा) ९, सहायक प्रबन्धक (कृषि) १, सहायक प्रबन्धक (इन्जिनियरिङ) १, सहायक प्रबन्धक (नगद) १, वरिष्ठ सहायक ३९, वरिष्ठ सहायक (कानुन) २, वरिष्ठ सहायक (नगद) १० तथा वरिष्ठ सहायक (सूचना प्रविधि) १७ पदमा आवेदन खुलाइएको छ।

Advertisement 2

इच्छुक तथा योग्य उम्मेदवारले आजदेखि साउन ७ गतेसम्म नियमित शुल्कमा आवेदन दिन सक्नेछन्। तोकिएको म्यादभित्र आवेदन दिन नसकेकाले दोब्बर दस्तुर तिरेर साउन १४ गतेसम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ।

हेर्नुहोस् विज्ञापन :

Advertisement 3

प्रकाशित :२०८३ असार १९, शुक्रबार ११:३७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry