किन गएनन् बाबुराम भट्टराई सरकार-जसपाको वार्तामा ?
सरकार र जनता समाजवादी पार्टी (जसपा) बीच आज कार्यदलस्तरको निर्णायक बैठक हुँदैछ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ४ बजे बैठक बस्न लागेको हो।
Advertisement 1
जसपाका शीर्ष नेताले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग वार्ता गरेका थिए। हिजोको वार्ता सकारात्मक भएपछि आज पुनः बैठक बस्न लागेको ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन्।जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले पार्टीमा जानकारी नै नदिई प्रधानमन्त्री ओलीसँग पटक(पटक छलफल गरेपछि जसपाका संघीय परिषद् अध्यक्ष डा।बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवले असन्तुष्टि जनाउँदै आएका छन् । यतिसम्म कि बिहीबार नेकपा एमालेसँग बालुवाटारमा भएको छलफलमा डा।बाबुराम भट्टराई सहभागी नै भएनन् ।
‘भौतिक हिसाबमा कोही नेता छुटेपनि पार्टीको एजेण्डामा छलफल गर्ने भन्ने छ त्यसले केही असर गर्दैन,’ भट्टराईका स्वकीय सचिवसमेत रहेका केन्द्रीय सदस्य रोशन पोखरेलले भने, ‘हिजोको बैठकमा उहाँ (बाबुराम) नजानु भएको चाहिँ सत्य हो । केपी ओली नेतृत्वको सरकारमा जाने विषयमा जसपाले अहिले केही नसोचेको र उहाँले भन्दै आएको कुरा पनि यही हो ।’
Advertisement 2
भट्टराईले शुक्रबार राती ट्वीटरमा आफ्नो धारणा राखेका छन्, ‘देश यति गम्भीर संकटमा फसेको बेला राजनीतिक दल र नेताहरुको भूमिका अपेक्षित स्तरको भएन है ! अदालतको कृपाले अलिअलि लाज बचेको बेला पुनः उही म्युजिकल चेयरको खेलमा लाग्नुसट्टा समस्याका संरचनात्मक कारण खोतल्ने, आफ्नो आत्मसमीक्षा गर्ने र अग्रगामी निकास दिने पो हो त ! जसपा त्यो मुसा दौडमा छैन है ।’ सरकारमा जान आफ्नै पार्टीका अध्यक्ष ठाकुर, वरिष्ठ नेता महतोलगायतले मरिहत्ते गरिरहेको बेला भट्टराईको यस्तो भनाइ आएको हो ।