यी हुन प्रधानन्यायधीशमाथि महाअभियोग लगाइनुका २१ कारण

प्रधानन्यायधीश चोलेन्द्र शमशेर राणाविरुद्ध सत्ताधारी सांसदहरुले महाअभियोग प्रस्ताव दर्ता गराएका छन् । आज बिहान ११ बजेर १० मिनेट जाँदा संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता भएको हो । काँग्रेसका पुष्पा भुषाल,माओवादी केन्द्रका देब गुरुङ,र नेकपा समाजवादीका जीवनराम श्रेष्ठको प्रस्ताव र ९८ सांसदको समर्थनमा संसदमा महाअभियोग प्रस्ताव दर्ता भएको हो ।
संसद सचिवालयमा दर्ता गराइएको सो प्रस्तावमा महाअधियोग लगाइनु पर्ने २१ वटा कारण खुलाइएको छ ।जसमध्ये न्यायालय सुचारु गर्न नसक्नु, निष्पक्ष र स्वतन्त्र ढंगले न्याय सम्पादन गर्न प्रधानन्यायधीश चुक्नु,न्यायालयमा आर्थिक अनियमतता बढ्नु न्यायालय सञ्चालनमा असक्षमता र अयोग्यता देखिएको,संविधान र कानूनको गम्भीर उल्लंघन गरेको, कार्यक्षमताको अभाव, खराब आचरण,इमान्दारीपूर्वक आफ्नो पदीय कर्तव्यको पालना नगरेको,आचार संहिताको गम्भीर उल्लंघन गरेको,पदीइ जिम्मेवारी विपरित काम गरेर न्यायमा विचलन ल्याएको,नियुक्तिमा भागबण्डा खोजेको,पत्नीलाई आगो लगाएर मार्ने सशस्त्र प्रहरीका बरिष्ठ अधिकृत रञ्जनकृष्ण कोइरालाको फैसला लगायतका कारण देखाइएको छ ।

Advertisement 1

[pdf-embedder url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2022/02/CJ.pdf”]

 

प्रकाशित :२०७८ फाल्गुन १, आईतवार १२:३४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम