२६ करोड ८४ लाख हिनामिना, वडाध्यक्षसहित ३० जनाविरुद्ध पक्राउ पुर्जी

रकम हिनामिना गरेको आरोप लागेका ३० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। पोखरा महानगरपालिका– ९ नयाँबजारस्थित मित्र मिलन बचत तथा ऋण सहकारी संस्थामा रकम हिनामिना गरेको आरोप लागेपछि जिल्ला प्रहरी कार्यालय कास्कीले कास्की जिल्ला अदालतबाट अनुमति लिएर उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो।

Advertisement 1

पक्राउ पुर्जी जारी हुनेमा संस्थाका अध्यक्ष रमण पौडेलदेखि पोखरा महानगरपालिका २१ का अध्यक्ष दीपकप्रसाद सुवेदी, संस्थाका प्रमुख कार्यकारी अधिकृत किरण अधिकारी छन्। साथै सञ्चालक समितिका पदाधिकारी र सदस्य, लेखा समिति, कानुनी सल्लाहकारलगायत छन्। अध्यक्ष पौडेल र सिइओ अधिकारी ४ कात्तिकदेखि नै कास्की प्रहरी हिरासतमा छन्। पक्राउ पुर्जी जारी भएका ३० जनामध्ये तीनजना पक्राउ परेका छन् भने अन्यको खोजी भइरहेको कास्की प्रहरीले जनाएको छ।

एक बचतकर्तालाई दिइएको चेक बाउन्स भएपछि परेको उजुरीपछि पौडेल र अधिकारी पक्राउ परेका हुन्। यसअघि सहकारीका बचतकर्ताहरूले आफ्नो बचत रकम फिर्ता नपाएको भन्दै १२ कात्तिकमा गण्डकी प्रदेश सरकारअन्तर्गतको सहकारी रजिस्ट्रारको कार्यालयमा निवेदन दिएका थिए।

Advertisement 2

 

प्रकाशित :२०८० मंसिर १९, मंगलवार १४:३४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry