बाजुरामा गएराति भूकम्पको धक्का
बाजुरामा गएराति भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति १० बजेर २७ मिनेट जाँदा बाजुराको साप्पाटालाई केन्द्रबिन्दु बनाएर ४.३ म्याग्निच्युडको को भूकम्प गएको हो ।
Advertisement 1
भूकम्पको धक्का जिल्ला सदरमुकामका साथै आसपासका जिल्लामा पनि महसुस गरिएको थियो । भूकम्पले क्षति पुर्याएको विवरण भने आएको छैन ।
केही महिनायता बाजुरामा लगातार भूकम्प गइरहेको छ । यसअघि बाजुरामा फागुन १० गते ५.२ म्याग्निच्युडको र माघ १० गते ५.९ म्याग्निच्युडको भूकम्प गएको थियो । माघ १२ गते पनि भूकम्पको धक्का महसुस गरिएको थियो ।
Advertisement 2
नेपालको जमिन मुनि धेरै ऊर्जा सञ्चित भएर बसेकाले भूकम्पको जोखिम रहेको भूगर्भविदहरु बताउँछन् ।
प्रकाशित :२०७९ चैत्र १३, सोमबार ०८:२४
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%