चौतर्फी दबाबपछि फिर्ता भयो पेट्रोलियम पदार्थको मूल्यवृद्धि

चौतर्फी दबाब पछि इन्धन र एलपी ग्यासमा गरिएको मूल्य वृद्धि फिर्ता लिन सरकार बाध्य भएको छ । नेपाल आयल निगमले शनिबार रातीदेखि लागू हुने गरी बढाएको ग्याँससहित पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिने निर्णय गरेको हो ।

Advertisement 1

आयल निगमले दशैं,तिहार जस्ता चाडपर्वकै मुखमा खाना पकाउने ग्यासको मूल्यमा भारी वृद्धि गरेको छ । शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले ग्यासको मूल्य प्रति सिलिण्डर २१५ रुपैंयाले बढाएको थियो । यसअघि १ हजार ८ सय ९५ रुपियाँमा खुद्रा बिक्रि हुँदै आएको एलपी ग्यासको मूल्य बढाएर २ हजार १ सय १० रुपैयाँ पुर्‍याइएको थियो ।
यस्तै,पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६, हवाइ इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुबैमा प्रतिलिटर ८ रुपैयाँ बढाइएको आयल निगमले जनाएको थियो । उक्त निर्णयको चौतर्फी विरोध भएर दबाब आएपछि सरकारले निगमलाई फिर्ता लिन निर्देशन दिएको हो ।

प्रधानमन्त्री प्रचण्डले नेपाल आयल निमगले हिजोदेखि लागू हुने गरी पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि आसन्न चाडबाड र सर्वसाधारणको हितमा ध्यानमा राखी तत्काल फिर्ता लिन निर्देशन गरेबमोजिम निगमले सो मूल्यवृद्धिको निर्णय फिर्ता लिई पूरानै मूल्य कामय गर्न निर्देशन दिएका हुन । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिइएको मन्त्रिपरिषद्को निर्णय सदनलाई जानकारी गराएका हुन । प्रतिनिधिसभाको आजको बैठकमा सोसम्बन्धी मन्त्रिपरिषद्को निर्णयबारे जानकारी गराएकी हुन ।

प्रकाशित :२०८० आश्विन १४, आईतवार १४:३८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry