मालपोत कार्यालयका २ कर्मचारी १ लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई जना कर्मचारीलाई पक्राउ गरेको छ । जग्गा नामसारी गरेवापत सेवाग्राहीसँग घुस माग गरेको उजुरी निवेदनका आधारमा अख्तियारको इटहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
Advertisement 1
आयोगले १ लाख ५० हजार रुपैयाँ घुस रकमसहित भूमिसुधार तथा मालपोत कार्यालय सुनसरीमा कार्यरत नायब सुब्बा सुदिप कटुवाल र खरिदार रमेश अधिकारीलाई इनरुवा नगरपालिका वडा नम्बर ३ स्थित मालपोत चोकबाट नियन्त्रणमा लिइएको प्रवक्ता भोला दाहालले जानकारी दिए ।
शुक्रबार पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको अख्तियारको भनाइ छ ।
प्रकाशित :२०८० आश्विन १४, आईतवार ०९:१८
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%