जावलाखेलमा जुत्ता चप्पल मेला: ३ हजार बढी डिजाइनका जुत्ता चप्पल उपलब्ध
ललितपुरको जावलाखेलमा जुत्ता चप्पल व्यापार मेला भइरहेको छ । नेपाली जुत्ता चप्पल उत्पादक समूहले चाडपर्वलाई लक्षित गरेर जुत्ता चप्पल मेला आयोजना गरेको हो ।
Advertisement 1
स्वदेशी उत्पादालाई प्रवर्द्धन गर्ने उदेश्यले ललितपुरको जावलाखेलमा आयोजना गरिएको महोत्सवको बुधबार महानगरपालिकाकी उपप्रमुख मन्दिरा शाक्यले उद्घाटन गरिन् ।
उद्घाटन समारोहमा बोल्दै उपप्रमुख शाक्यले नेपाली जुत्ता चप्पललाइ प्रवर्द्धन गर्नु पर्नेमा जोड दिइन् । उनले रास्ट्रिय उत्पादनलाई प्रवर्द्धन गर्न महानगरको साथ रहेको बताउँदै स्वदेशमा उत्पादन नबढाएसम्म देशको विकास नहुने बताईन् ।
Advertisement 2
बाहिरको सामान आयात गरेर पैसा बाहिर पठाएसम्म देश आत्मनिर्भर हुँदैन,’ उनले भनिन्, ‘यसलाई समन्वयन गरेर स्वदेशी उत्पादनलाई प्रर्वदन र विकास गर्नुपर्छ ।’ उनले राष्ट्रिय उत्पादनलाई सबैले उपभोग गर्नसमेत आगह गरिन् । उद्घाटन समारोहमा बोल्दै जुत्ता चप्पल उत्पादन समुहका सभापति मनिराज घिमिरेले साना ठुला तथा मझौला गरि १५ सय जुत्ता चप्पलको क्षेत्र रहेको बताए । उनले जुत्ता चप्पलको श्रेत्रमा करिब १६ करोडको जुत्ता चप्पल उत्पादन गर्न सक्ने क्षमता रहेको समारोहमा जानकारी दिए ।
उनले बाहिरबाट आउने जुत्ता चप्पल आयात रोकेर स्वदेशी उत्पादनलाइ प्रवर्द्धन गर्नु पर्नेमा जोड दिए ।कार्तिक ४ गतेसम्म चल्ने महोत्समा नयाँ ब्रान्ड तथा डिजाइनका ३ हजार बढी मोडलका जुत्ता चप्पल रहेको आयोजकले जनाएको छ ।
Advertisement 3
स्वदेशमा उत्पादित जुत्ता चप्पलहरू र स्वदेशी ब्रान्डहरूलाई आम उपभोक्ताहरूको बीचमा परिचित गराउने उद्देश्यसहित मेला आयोजना गरिएको मेला संयोजक होमनाथ उपाध्यायले बताए ।
मेलामा २० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था रहेको पनि उनले बताए । तीन लाख जनाभन्दा धेरैले मेलाको अवलोकन गर्ने लक्ष्य राखिएको छ । बिहान ९ बजेदेखि बेलुकी ७ बजेसम्म खुल्ला रहने मेलामा जान पैसा तिनु पर्दैन । मेलामा नेपालमा स्थापित जुत्ता चप्पल उत्पादक कम्पनी र ब्रान्डहरूका जुत्ता तथा चप्पल रहेको छ ।