सशस्त्र प्रहरी सिरहाद्धारा २ लाख ३४ हजार मूल्य बरावरको मोबाइल बरामद

सशस्त्र प्रहरीले दुई लाख ३४ हजार मूल्य बरावरको मोबाइल बरामद गरेको छ । सशस्त्र प्रहरी सिरहाले भारतबाट अवैधरुपमा ल्याउँदै गरेको सिरहाको व्यस्त बजार गोलबजार नगरपालिका ६ बाट करिव २ लाख ३४ हजार मूल्य बरावरको मोबाइल बरामद गरेको हो।

Advertisement 1

विशेष सूचनाको आधारमा १८ वटा मोबाइल सेट र नम्बर नभएको एक थान भारतीय मोटरसाइकल बरामद गरेको सशस्त्र प्रहरी बल सिरहाका एसपी प्रमोद भारती जानकारी दिए । भारतीय सीमा क्षेत्रबाटै प्रहरीले पछ्याउँदै आए पनि तस्कर गोलबजारमा मोटरसाइकल छोडेर भाग्न सफल भएको प्रहरीको भनाइ छ ।

पच्छ्याइरहेको जानकारी पाएर तस्कर सामानसहितको मोटरसाइकल छोडेर भागेको हुनसक्ने प्रहरीको भनाइ छ । बरामद मोटरसाइकल र १८ थान मोबाइल आवश्यक कारबाहीको लागि जिल्ला भन्सार कार्यालय माडर खेरौना पठाइएको एसपी भारतीले जानकारी दिए ।

प्रकाशित :२०८० आश्विन १०, बुधबार १०:४३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry