बेवारिसे अवस्थामा रहेको केराउ तथा घासको बिउ बरामद

कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका १ माल्टादेवीबाट भाद्र २६ गते सशस्त्र प्रहरीले करीव १ लाख ३६ हजार रुपैयाँ बराबरको चोरीपैठारीको केराउ तथा घासको बिउ बरामद गरेको छ ।
Advertisement 1
बेवारिसे अवस्थामा रहेको उल्लेखित मुल्यको ९ बोरा केराउ र ९ बोरा बरसिम घासको बिउ बिओपी मर्यादपुरले बरामद गरेको हो । बरामद केराउ तथा घासको बिउ सुठौली भन्सार कार्यालय कपिलवस्तुमा बुझाईएको छ ।
प्रकाशित :२०८० भाद्र २७, बुधबार १३:३०
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%