अपराध र तस्करी नियन्त्रण गर्छुःएसपी श्रेष्ठ

जिल्ला प्रहरी कार्यालय रौतहटको कमाण्ड गर्ने जिम्मा पाएका छन् एसपी महेन्द्र कुमार श्रेष्ठले । जिल्लाको कमाण्ड सम्हालेपछि पत्रकार सम्मेलन गर्दै रौतहटबाट सीमा वारपार हुने तस्करी तथा जिल्लाको अपराधलाई रोक्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

Advertisement 1

एसपी श्रेष्ठले जिल्लामा शान्ति सुरक्षाको अनुभूतिका साथै तस्करी नियन्त्रणमा उल्लेख्य प्रगति हासिल गर्ने प्रतिबद्धता गर्दै दिनरात परिश्रम गरेर आफू जिल्लाको अपराधलाई नियन्त्रण गर्ने, नेपाल भारत सीमा क्षेत्रमा रहेका नेपाल प्रहरीका कमाण्डरहरुलाई राती आठ बजेपछि आवतजावतमा थप निगरानी बढाउन निर्देशन दिइसकेको बताए।

प्रहरी युनिट इन्चार्जले नसुनेमा जुनसुकै बेला पनि आफूलाई खबर गर्न पनि एसपी श्रेष्ठले संचारकर्मीमार्फत सर्वसाधारणलाई आग्रह गरेका छन्।

प्रकाशित :२०८० भाद्र २१, बिहीबार ०९:१९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry